सोमवार, साउन २५, २०८३

सोमवार, साउन २५, २०८३

चिनिया युध्दक विमान ताइवानतर्फ

स्व-शासित द्वीपको भविष्यलाई लिएर अनेक अड्कलबाजी भइरहेका बेला चीनले आफ्ना ३९ वटा युद्धक विमान ताइवानतर्फ पठाएकोछ। 

ताइवानसहितका क्षेत्रमा आफ्नो  उपस्थिति बलियो बनाउन अमेरिकाले दबाब बढाइरहेका बेला चीनले नयाँ सालको सबैभन्दा ठूलो उडानभर्दै ताइवानतर्फ ३९ युद्धक विमान पठाएको हो। 

ताइवानको रक्षा मन्त्रालयका अनुसार आइतवार राति  चीनमा निर्मित २४ वटा जे-१६ लडाकु जेट र १० वटा जे-१० सहित अन्य सहयोगी रर इलेक्ट्रोनिक युद्धक विमान सामेल छन्। 

मन्त्रालयका अनुसार ताइवानको वायु सेनाले आफ्नो जेट विमानको सहयोग र राडारमार्पत पिपुल्स लिबरेशन आर्मीका विमानलाई ट्रयाकगरेको हो। 

चीन जब हर्कतमा आयो तब अमेरिकी सेनाले उसका दुई युएस कार्ल भिन्सन र युएसएस अब्राहम लिंकनको नेतृत्वमा दक्षिण चीनसागरमा आइतवार समुद्री सैन्य अभ्यास गरिरहेका थिए। यी पनडुब्बीसहित अमेरिकाले शक्ति प्रदर्शन गरिरहेपछि चीनले आफूलाईताइवानतर्फ केन्द्रित गरेको हो।

चीनको विदेश मन्त्रालयले यसलाई टिप्पणी गर्न इन्कार गरिदिएको छ। जनमुक्ति सेनाले यति ठूलो उडान किन भर्यो? यसको राजनीतिकअर्थ के हो? चीनले यसबारेमा केही उत्तर दिएको छैन।

सन् १९४९ को गृहयुद्धका क्रममा ताइवान र चीन छुटेका थिए। तर चीनले यस द्वीपमा आफ्नो दाबी गरिरहेको छ। बेइजिङले स्व-शासितद्वीपलाई अलग-थलग बनाउन र डर देखाउन कूटनीतिक र सैन्य साधनको प्रयोग गरेको अमेरिकाले आरोप लगाइरहेको छ। 

त्यहीकारण अमेरिकाले ताइवानलाई अत्याधुनिक हतियार र लडाकू विमान बेचेर उसलाई आफ्नो पकडमा लिने कोसिस गरिरहेको छ।

ताइवान सरकारले नियमित रूपमा जारी गरेको विवरमण अनुसार चीनले पछिल्ला डेढ सालमा लगभग दैनिकजसो ताइवानमाथि उडानभरिरहेको छ। पछिल्लो अक्टोबरमा पनि एकै दिन चीनका ५६ युद्धक विमानले ताइवानमाथि सबैभन्दा ठूलो उडान भरहेको थियो। 

ताइवालाई लिएर चीन र संयुक्त राज्य अमेरिकाबीच कुनै प्रकारको संघर्ष हुन सक्ने जोखिम बढिरहेको छ। सन् २०१६ मा ताइवानकानागरिकले त्साई इङ्ग-वेनलाई राष्ट्रपति बनाएदेखि तनाव चुलिएको छ 

त्यसबेला चीनले द्वीप सरकारसँग पहिलेबाटै स्थापित संचार सम्बन्ध काटिदिएर जवाफ दिइसकेको छ। त्साईका पूर्ववर्ती चीन अनुकूलथिए। उनीहरुले ताइवान चीनकै हिस्सा रहेको बेइजिङको दाबीलाई समर्थन जनाउँदै आएका थिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

एलन मस्क भेट्टिए आफ्नो प्रेमिका संग

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क आफ्नी नयाँ प्रेमिकासँग रोमान्स गरिरहेको अवस्थामा क्यामेरामा कैद भएका छन्। उनी फ्रान्सको सेन्ट ट्रोपेजमा अष्ट्रेलियाली अभिनेत्री...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

अमेरिकाको भिषा भएकाले क्यानाडामा काम गर्न पाउने

अन्टारियो। क्यानाडा सरकारले अमेरिकी ‘एच–१बी’ भिसा भएकाहरुलाई क्यानाडा आएर काम गर्न सहज हुने गरी ‘ओमन वर्क–पर्मिट’ कार्यक्रम ल्याउने भएको छ। उक्त कार्यक्रमबाट १० हजार अमेरिकी...