मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

चिनिया युध्दक विमान ताइवानतर्फ

स्व-शासित द्वीपको भविष्यलाई लिएर अनेक अड्कलबाजी भइरहेका बेला चीनले आफ्ना ३९ वटा युद्धक विमान ताइवानतर्फ पठाएकोछ। 

ताइवानसहितका क्षेत्रमा आफ्नो  उपस्थिति बलियो बनाउन अमेरिकाले दबाब बढाइरहेका बेला चीनले नयाँ सालको सबैभन्दा ठूलो उडानभर्दै ताइवानतर्फ ३९ युद्धक विमान पठाएको हो। 

ताइवानको रक्षा मन्त्रालयका अनुसार आइतवार राति  चीनमा निर्मित २४ वटा जे-१६ लडाकु जेट र १० वटा जे-१० सहित अन्य सहयोगी रर इलेक्ट्रोनिक युद्धक विमान सामेल छन्। 

मन्त्रालयका अनुसार ताइवानको वायु सेनाले आफ्नो जेट विमानको सहयोग र राडारमार्पत पिपुल्स लिबरेशन आर्मीका विमानलाई ट्रयाकगरेको हो। 

चीन जब हर्कतमा आयो तब अमेरिकी सेनाले उसका दुई युएस कार्ल भिन्सन र युएसएस अब्राहम लिंकनको नेतृत्वमा दक्षिण चीनसागरमा आइतवार समुद्री सैन्य अभ्यास गरिरहेका थिए। यी पनडुब्बीसहित अमेरिकाले शक्ति प्रदर्शन गरिरहेपछि चीनले आफूलाईताइवानतर्फ केन्द्रित गरेको हो।

चीनको विदेश मन्त्रालयले यसलाई टिप्पणी गर्न इन्कार गरिदिएको छ। जनमुक्ति सेनाले यति ठूलो उडान किन भर्यो? यसको राजनीतिकअर्थ के हो? चीनले यसबारेमा केही उत्तर दिएको छैन।

सन् १९४९ को गृहयुद्धका क्रममा ताइवान र चीन छुटेका थिए। तर चीनले यस द्वीपमा आफ्नो दाबी गरिरहेको छ। बेइजिङले स्व-शासितद्वीपलाई अलग-थलग बनाउन र डर देखाउन कूटनीतिक र सैन्य साधनको प्रयोग गरेको अमेरिकाले आरोप लगाइरहेको छ। 

त्यहीकारण अमेरिकाले ताइवानलाई अत्याधुनिक हतियार र लडाकू विमान बेचेर उसलाई आफ्नो पकडमा लिने कोसिस गरिरहेको छ।

ताइवान सरकारले नियमित रूपमा जारी गरेको विवरमण अनुसार चीनले पछिल्ला डेढ सालमा लगभग दैनिकजसो ताइवानमाथि उडानभरिरहेको छ। पछिल्लो अक्टोबरमा पनि एकै दिन चीनका ५६ युद्धक विमानले ताइवानमाथि सबैभन्दा ठूलो उडान भरहेको थियो। 

ताइवालाई लिएर चीन र संयुक्त राज्य अमेरिकाबीच कुनै प्रकारको संघर्ष हुन सक्ने जोखिम बढिरहेको छ। सन् २०१६ मा ताइवानकानागरिकले त्साई इङ्ग-वेनलाई राष्ट्रपति बनाएदेखि तनाव चुलिएको छ 

त्यसबेला चीनले द्वीप सरकारसँग पहिलेबाटै स्थापित संचार सम्बन्ध काटिदिएर जवाफ दिइसकेको छ। त्साईका पूर्ववर्ती चीन अनुकूलथिए। उनीहरुले ताइवान चीनकै हिस्सा रहेको बेइजिङको दाबीलाई समर्थन जनाउँदै आएका थिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

अमेरिकाको भिषा भएकाले क्यानाडामा काम गर्न पाउने

अन्टारियो। क्यानाडा सरकारले अमेरिकी ‘एच–१बी’ भिसा भएकाहरुलाई क्यानाडा आएर काम गर्न सहज हुने गरी ‘ओमन वर्क–पर्मिट’ कार्यक्रम ल्याउने भएको छ। उक्त कार्यक्रमबाट १० हजार अमेरिकी...

बार्सिलोनाको शानदार जित

स्पेनिस ला लिगामा इल्चेमाथि चार-शून्यको सानदार जित हात पारेको छ । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले दुई तथा अन्सु फाती र फेरान टोरेसले एक-एक गोल...

जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई लक्षित गरी आक्रमण

काठमाडौँ — जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई लक्षित गरी आक्रमण भएको छ । शनिबार एक सार्वजनिक कार्यक्रममासहभागी भइरहेका बेला प्रधानमन्त्री किशिदालाई लक्षित गरी 'स्मोक बम'...