मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

रुस-युक्रेन युद्धका लागि अमेरिकी सैनिक हाई अलर्टमा

११ माघ, काठमाडौं । रुसले युक्रेनमा आक्रमण गर्न सक्ने आकलन गर्दै अमेरिकाले आफ्ना सेनालाई हाई अलर्टमा राखेको छ । पेन्टागनका अनुसार युद्धका लागि तयार करिब आठ हजार पाँच सय सैनिकलाई हाई अलर्टमा राखिएको छ ।

पेन्टागनका प्रेस सचिव जोन किर्बीले नेटोले र्‍यापिड रियक्सन फोर्सलाई सक्रिय बनाउने निर्णय गरेमा वा अन्य कुनै नयाँ परिस्थिति सिर्जना भएमा हाई अलर्टमा राखिएका सैनिकहरुलाई तैनाथ गर्ने बताएको बीबीसीले जनाएको छ ।

रुसले युक्रेनमा आक्रमण नगर्ने दाबी गर्दै आए पनि सीमा क्षेत्रमा करिब एक लाख रुसी सैनिक अत्याधुनिक हतियारसहित तैनाथ गरिएको छ । त्यसैले युक्रेनमा कुनै पनि बेला रुसले आक्रमण गर्न सक्ने विश्लेषण गर्दै अमेरिकाले उच्च सतर्कता अपनाएको हो ।

रुस-युक्रेन तनाव बढेपछि अमेरिकी राष्ट्रपति जो बाइडनले सोमबार युरोपका सहयोगी देशहरुसँग भर्चुअल छलफल गरेका थिए । सो छलफलपछि पश्चिमी देशहरुले रुसविरुद्ध समान रणनीति अपनाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।

छलफलमा बेलायत, फ्रान्स, जर्मनी, इटली, पोल्याण्डका सरकार प्रमुखहरुका साथै नेटो प्रमुख जेन्स स्टोलटेनबर्ग सहभागी थिए ।

नेटोका सदस्य देशहरु डेनमार्क, स्पेन, फ्रान्स र नेदरल्याण्डले रक्षातन्त्र मजबुत बनाउन पूर्वी युरोपमा फाइटर जेट र युद्धपोत पठाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

अमेरिकाको भिषा भएकाले क्यानाडामा काम गर्न पाउने

अन्टारियो। क्यानाडा सरकारले अमेरिकी ‘एच–१बी’ भिसा भएकाहरुलाई क्यानाडा आएर काम गर्न सहज हुने गरी ‘ओमन वर्क–पर्मिट’ कार्यक्रम ल्याउने भएको छ। उक्त कार्यक्रमबाट १० हजार अमेरिकी...

बार्सिलोनाको शानदार जित

स्पेनिस ला लिगामा इल्चेमाथि चार-शून्यको सानदार जित हात पारेको छ । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले दुई तथा अन्सु फाती र फेरान टोरेसले एक-एक गोल...