जापानका हाईस्कूलका विद्यार्थीहरूले टोकियोस्थित रुसी दूतावासलाई युक्रेनमा युद्ध अन्त्य गर्न माग गर्दै निवेदन दिएका छन् ।
सोमबार दूतावासबाहिर नो वार,स्टप वार लेखिएका प्लेकार्डहरु बोकेर नारा लगाउदै १६ जना विधार्थीहरु भेला भएका थिए ।
विद्यार्थीहरूले अंग्रेजी र जापानी भाषामा भनेका छन्, “हामी युक्रेनमा रुसी आक्रमण, आणविक उर्जा केन्द्रमा रुसी सेनाले आक्रमण गर्ने रआणविक हतियार प्रयोग गर्ने धम्कीको कडा विरोध गर्छौं।“
उनीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई “तत्काल युद्ध रोक्न” पनि आग्रह गरेका छन्।
विद्यार्थीहरूले करिब एक सातासम्म सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई फोन गरेर ५ हजारभन्दा बढी हस्ताक्षर सङ्कलन गरेकोबताएका छन ।