शनिबार, बैशाख १९, २०८३

शनिबार, बैशाख १९, २०८३

इन्डो-प्यसिफिक क्षेत्र पुनःचर्चामा

युरोपको सुरक्षामा दशकौँयताको सबैभन्दा गम्भीर संकट उत्पन्न भएको तीन महिना हुन थालिसकेको छ। यही बेला विश्वकाशक्तिराष्ट्रहरुको विदेशनीति विविधीकरण गर्ने आकर्षक गन्तव्य भने इन्डोप्यासिफिक क्षेत्र बन्न पुगेको छ।

रुसयुक्रेन द्वन्द्व चर्किएपछि विश्वका शक्तिराष्ट्रको ध्यान युक्रेनले खिचेको थियो। त्यसैले थुप्रैले ठानेका थिए, अब इन्डोप्यासिफिकवासिङ्टनको नजरबाट गायब हुनेछ। यही वर्षको सुरुमा अमेरिकाले इन्डोप्यासिफिक रणनीतिको नयाँ संस्करण गरेर प्रकाशित गरेपछि राष्ट्रपति जो बाइडेनले आफ्नो प्रशासनको ध्यान एसियामा केन्द्रित हुने बताइसकेपछि पनि अमेरिकाको मुख्य ध्यान युरोपको लडाइँमाकेन्द्रित हुने विश्वास गरिएको थियो।

नयाँ इन्डोप्यासिफिक रणनीतिले दक्षिणपूर्वी एसियामा अमेरिकी उपस्थिति बढाउने कुरामा ज्यादा जोड दिएको छ। यो क्षेत्रले अघिल्लाअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा बाइडेनको ध्यान बढी खिचेको छ। ट्रम्प चाहिँ भारतलाई आधार मानेर एसिया नीति प्रबद्र्धन गर्नइच्छुक थिए। आसियानसँगको दीर्घ प्रतीक्षित शिखर बैठकलगत्तै बाइडेनले सो समूहसँग अमेरिकी साझेदारीकोनयाँ युगघोषणा गरेकाछन्।

सो शिखर बैठकले चीनलाई गलत सन्देश देला कि भन्ने चिन्ता थियो। किनभने चीनले अमेरिकाको इमानदारीमाथि प्रश्न उठाएको छ। सोक्षेत्रमा अमेरिकाको गतिविधिप्रति चीनको रोष त्यतिबेला बढ्यो, जब अमेरिकी विदेश मन्त्रालयले ताइवानसम्बन्धी तथ्य विवरणमासंशोधन गर्यो। जसका कारण अमेरिकाले एक चीन नीतिलाई खोक्रो देखावटी बनाएको आरोप चीनले लगायो। 

तथापि, तनाव थप बढ्न पाएन किनभने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनको चीन नीतिसम्बन्धी भाषण उनको स्वास्थ्यका कारणस्थगित भयो। अमेरिकाआसियान शिखर बैठकमा सीधै रुस वा चीनको नाम लिइएन। तर, बैठककोभिजन स्टेटमेन्टमा भने रुसकोअप्रत्यक्ष आलोचना गरिएको छ। अमेरिकाले सो शिखर बैठकलाई इन्डोप्यासिफिक पहलकै एक हिस्साका रुपमा अघि सारेकालेअप्रत्यक्ष रुपमा त्यहाँ चीन पनि थियो।

यो क्षेत्रीय नीतिमा अमेरिकाले अहिले आर्थिक तत्व पनि थपिरहेको छ। वासिङ्टनलेइन्डोप्यासिफिक इकोनोमिक फ्रेमवर्क’ (आईपीईएफ) लाई अघि बढाएको छ। जसको उदेश्य क्षेत्रीय सहयोगीहरुसँग मिलेर नयाँ आपूर्ति शृंखला सञ्जाल निर्माण गर्नु हो। , त्यो सञ्जालले चीनलाई छेउ लगाउनेछ। अमेरिका यो क्षेत्रको समुद्री तथा डिजिटल अर्थतन्त्रमा पनि प्रवेश गर्न इच्छुक छ। जसका लागिउसले १५ करोड डलरको प्याकेज घोषणा गरेको छ। 

क्षेत्रीय प्रतिस्पर्धा चर्को हुँदै गएको समयमा चीन रुसले पनि सम्भावित सन्तुलनकारी शक्तिका रुपमा आसियानलाई महत्वपूर्ण मानेकाछन्। अमेरिकाले टकराव बढाउन खोजेको आरोप बेइजिङले लगाएको दक्षिण चीन सागरका लागि आचारसंहिता तयार गर्नआसियानसँग प्रत्यक्ष परामर्श गर्ने घोषणा गरेको छ। 

अर्कोतिर, रुस आफ्नो उर्जा निर्यात युरोपभन्दा बाहिर विविधिकरण गर्न सकिरहेको छैन। युरोपेली संघले अहिले रुसी तेलमा प्रतिबन्धलगाउने ग्यासमाथिको निर्भरता घटाउने प्रयास गरिरहेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अधिकारीहरुलाई एसिया प्रशान्तसहितगैरपश्चिमी मुलुकमा यातायात पूर्वाधार विस्तार गर्न निर्देशन दिएका छन्। विदेशमन्त्री सेर्गेइ लाभ्रोवले पनि एसिया प्रशान्त तथाआसियानसँग सम्बन्ध विस्तारको इच्छा व्यक्त गरेका छन्।

अमेरिका आसियानलाई क्वाड अकस संयन्त्रसँगै आफ्नै क्षेत्रीय गठबन्धनका रुपमा विकास गर्न चाहन्छ। तर, त्यसका लागि चीनसँगप्रतिस्पर्धा गर्न अमेरिकाले थप आर्थिक प्रोत्साहन दिनुपर्ने हुन्छ।

हङकङसहितको चीन दक्षिणपूर्वी एसियाको दोस्रो ठूलो लगानीकर्ता हो भने अमेरिका पहिलो। तर, कम्बोडिया, लाओसजस्ता मुलुकमाअमेरिकालाई उछिनेर चीन सबैभन्दा ठूलो लगानीकर्ता बनेको छ। मलेसियाले खासगरी चीनसँगको पूर्वाधार परियोजनाबाट ठूलो फाइदालिएको छ। आसियान मुलुकमा अमेरिका चीनलाई हेर्ने नजरमा पछिल्लो समय धेरै परिवर्तन आएको छ। 

महाशक्तिबीच प्रतिस्पर्धा बढेसँगै आसियानबाहिरका इन्डोप्यासिफिक मुलुकहरुको पनि यसतर्फ ध्यान केन्द्रित भएको छ। नवनिर्वाचितराष्ट्रपति युन सुक योल नेतृत्वको दक्षिण कोरिया नेटो साइबर डिफेन्स सेन्टरमा सहभागी हुने पहिलो एसियाली मुलुक बनेको छ। युनअमेरिकातिर ढल्केका देखिन्छन्। जसले गर्दा चीनले अमेरिकाको पक्ष नलिन दक्षिण कोरियालाई चेताएको छ।

बेइजिङले यस्तै चेतावनी जापानलाई पनि दिएको छ। प्रधानमन्त्री फुमियो किसिदाको नेतृत्वमा जापानले विश्वव्यापी मुद्दाहरुमा मुखरबनेर आफ्नो हैसियता उचाल्ने प्रयास गरिरहेको छ। यही महिनाको सुरुमा किसिदाले आसियान युरोपको भ्रमण पनि गरे। 

टोकियोलेचिनियाँ खतरालाई बढाइचढाइ गरेको, ताइवानबारे गैरजिम्मेवार अभिव्यक्ति दिएको आफ्नो सैन्य शक्ति विस्तार गरेकोबेइजिङको आरोप छ। जापानी प्रधानमन्त्री किसिदा बेलायती प्रधानमन्त्री बोरिस जोनसनबीच ऐतिहासिक रक्षा सहकार्य सन्धिमाहस्ताक्षर भएपछि सैन्य शक्तिका बारेमा चीनले जापानको आलोचना गरेको हो। त्यसबेला किसिदालेपूर्वी एसिया भोलि युक्रेन बन्नसक्छभन्ने अभिव्यक्ति दिएका थिए।

रुस चीनलाई टक्कर दिने जापानले युरोपेली संघसँग पनि हातेमालो गरेको छ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डेर लायनलेयुरोपलेइन्डोप्यासिफिकमा अझ सक्रिय भूमिका खेल्न चाहेकोबताएकी छन्।

इन्डोप्यासिफिक क्षेत्रमा युरोपेली संघको गतिविधिलाई लिएर चीन चिन्तित देखिन्छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले यही महिना मात्रैदुई पटक युरोपेली नेताहरुलाई सुरक्षा मामिलालाईआफ्नै हातमा लिनआह्वान गरे। युरोप अमेरिकासँग ज्यादा निर्भर भएको उनकोसंकेत थियो।

बाइडेनले जापान दक्षिण कोरियाको भ्रमण गरेपछि इन्डोप्यासिफिक क्षेत्र फेरि चर्चामा छ। यी तीन मुलुकले सुरक्षा मामिलामासामूहिक सहकार्य गर्ने आईपीईएफमार्फत यो क्षेत्रमा बढ्दो अमेरिकी उपस्थितिलाई स्वीकार्ने बाचा गरेका छन्।

पुरानो विश्वव्यापी सुरक्षा प्रणाली भत्किँदै जाँदा अमेरिकाका क्षेत्रीय पहलहरु चाँडै विस्तार हुन सक्छन्। किनभने अकस क्वाड दुवैलेजापान दक्षिण कोरियासहित इन्डोप्यासिफिक क्षेत्रका मुलुकहरुको ध्यान आकर्षित थालेका छन्। क्वाडले अवैध माछा मार्ने कामकोनिगरानी गर्न नयाँ स्याटलाइट प्रणाली बनाउने भएको छ। जसको एउटा निगरानी स्टेसन सिंगापुरमा रहनेछ। अर्कोतिर आईपीईएफलेफिलिपिन्स अरु दक्षिणीपूर्वी एसियाली मुलुकमा सहकार्यको इच्छा देखाएको छ।

रुसको आलोचना गर्दै गर्दा जापानी प्रधानमन्त्री किसिदाले युरोपको सुरक्षा इन्डोप्यासिफिकको सुरक्षालाई अलग गर्न नसकिनेबताएका थिए। न्युयोर्क टाइम्समा हालै प्रकाशित एक लेखले पनि त्यही मजबुन दोहोर्याएको छ। जहाँ वासिङ्टनले युरोप एसियाकाबीचमा कुनै लेनदेन नगर्ने बाइडेनको एसिया भ्रमणले देखाएको उल्लेख छ।किनभने अमेरिकाले पूर्व पश्चिम दुवैतर्फका मुलुकलाईतानाशाही आक्रामकताविरुद्ध एक ठाउँमा उभ्याउन सक्छ,’ लेखमा भनिएको छ।

यसले के देखाउँछ भने उदाउँदो विश्व व्यवस्थाको सीमारेखा युरोपमा मात्र कोरिँदै छैन, बरु यसको निर्क्यौल अन्य क्षेत्रमा पनि भइरहेकोछ। यसमा अमेरिका उसका सहयोगीहरुमाझ एकमत , , उनीहरुको पहिलो प्राथमिकता इण्डोप्यासिफिक नै हो। 

(साउथ चाइना मर्निङ पोस्टबाट। दानिल बोच्कोव रसियन इन्टरनेसनल अफेयर्स काउन्सिलका विज्ञ हुन्)

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

अमेरिकाको भिषा भएकाले क्यानाडामा काम गर्न पाउने

अन्टारियो। क्यानाडा सरकारले अमेरिकी ‘एच–१बी’ भिसा भएकाहरुलाई क्यानाडा आएर काम गर्न सहज हुने गरी ‘ओमन वर्क–पर्मिट’ कार्यक्रम ल्याउने भएको छ। उक्त कार्यक्रमबाट १० हजार अमेरिकी...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...