शुक्रबार, कार्तिक ७, २०८३

शुक्रबार, कार्तिक ७, २०८३

तेस्रो विश्वयुद्धको खतरा:रुस

मस्को । अहिले पश्चिम जगतका केही नेताले युक्रेन युद्धलाई लिएर आफ्नो इज्जत जोगाउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले के कस्ताकदम चाल्नेछन् भन्ने कल्पना गरिरहेका छन् । तर रुसका प्रभावशाली विधायक र प्रोपोगान्डाविद्हरूले पश्चिम जगतलाई चकनाचुर गर्नआवाज उठाउँदै त्यो नै रुसको एकमात्र अन्तिम लक्ष्य भएको दाबी गरेका छन् । 

रुसी सरकारी टेलिभिजन कार्यक्रम ‘६० मिनेट’ मा प्रस्तोता ओल्गा स्काविभाले भनेकी छन्, “मसँग केही अप्रिय समाचार छ… अहिलेयुक्रेनमा आपूर्ति हुँदै गरेका हतियारहरू हामीले निरन्तर नष्ट गरिरहेका छौँ । तर जुन परिमाणमा अमेरिकाले युक्रेनमा निरन्तर हतियारपठाइरहेको छ, त्यसले हामीलाई केही विश्वव्यापी निर्णयहरू लिन बाध्य पारिरहेको छ । सम्वत अहिले युक्रेनमा रुसको विशेष अभियानसमाप्त भएको र वास्तविक युद्ध अर्थात् ‘तेस्रो विश्व युद्ध’ सुरु भइसकेको बुझ्ने बेला भइसकेको छ । हामी युक्रेनको कारणले मात्रै नभईसम्पूर्ण नेटो गठबन्धनको कारणले असैनिक अभियान चाल्न बाध्य छौँ ।”

यस कार्यक्रममा सहभागी रुसी विदेशमन्त्रालयको कूटनीतिक प्रतिष्ठानका अधिकारी भ्लादिमिर एभात्कोभले भनेका छन्, “तपाईंलेतेस्रो विश्व युद्ध उल्लेख गर्नुभयो, वास्तवमा हामीले युक्रेनमा भइरहेको विशेष सैनिक अभियानमा हस्तक्षेप गर्ने जो कोहीले पनि ठूलो मूल्यचुकाउनुपर्ने भन्ने हाम्रो राष्ट्रपति पुटिनको चेतावनी सम्झनुपर्दछ ।” 

एभात्कोको कुरालाई समर्थन गर्दै ओल्गाले यसरी रुसको काममा भाँजो हाल्नेहरूलाई आणविक हतियारको प्रयोगविना नै कसरी तहलगाउने भन्ने उपाय निकाल्नै बाँकी रहेको बताएकी छन् । 

रुसी सांसद ओलेग मात्भेचभले भनेका छन्, “यदि पोल्यान्डले आफ्ना हालका सीमानामा कुनै हस्तक्षेप गरेमा राम्रो हुने छैन ।”

तर ओल्गाले पोल्यान्ड मात्र नभइ बेलायत र अमेरिका पनि बढी जान्ने भइरहेको औँल्याएकी छन् । एभात्कोभले हतारिनु जरुरी नभएको, सबै कुरा आफ्नो समयअनुसार हुने बताएका छन् । यता रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पाट्रुसेभले विना आधार पोल्यान्डपश्चिमी युक्रेनको भूभाग कब्जा गर्न अघि बढिरहेको दाबी गर्दै पहिलो तारो पोल्यान्डलाई बनाउनुपर्ने बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

न्यूयोर्कमा संकटकाल घोषणा

न्यूयोर्क।आप्रवासीको प्रवाहका कारण उत्पन्न संकट सम्बोधन गर्न न्यूयोर्क सिटीका मेयर इरिक एडम्सले संकटकाल घोषणा गर्नुभएको छ । अप्रिलयता १७ हजारभन्दा बढी आप्रवासी दक्षिणी सीमाबाट...

सिडनीमा भारी वर्षा

सिड्नी । केही दिनको भारी वर्षापछि नदीमा पानीको बहाव बढेपछि अष्ट्रेलियाको आपत्कालीन सेवाले आइतबार सिड्नी र त्यसभन्दा बाहिरका बस्तीका लागि उद्धार आदेश जारी गरेको...

होन्डा जेट एलिट २ को नयामोडल सार्वजनिक

टोकियो। होन्डा मोटर कर्पोरेसनले आफ्नो लोकप्रिय साना व्यवसायिक विमान होन्डा जेट एलिट २ (HondaJet Elite II ) को नयाँमोडल सार्वजनिक गर्ने भएको छ । यो...