चीनले आफ्नो स्पेश स्टेसनको लागि सौर्य उर्जा प्लान्टको परीक्षण प्रक्षेपण गर्ने घोषणा गरेको छ । उक्त महत्वाकांक्षी परियोजनाकोपहिलो चरण तय मितिभन्दा दुई वर्ष अगाडि अर्थात् सन् २०२८ मै सुरु गरिनेछ । यो घोषणासँगै चीनले उक्त क्षेत्रमा अमेरिका रबेलायतलाई पछि पछि पार्ने योजना बनाएको हो ।
उक्त चिनियाँ परियोजना चार चरणमा पूरा हुनेछ । परियोजना पूरा भएसँगै अन्तरीक्षबाट पृथ्वीमा बिजुली पठाउन सकिनेछ । यसमापृथ्वीभन्दा ४ सय किलोमिटरको उचाइबाट वायरलेस पावर ट्रान्समिसनको प्रयोग गरिनेछ ।
दुई दशकअघि नै नासाले पहिलो यस्तै प्रकारको उर्जा परियोजनाको प्रस्ताव राखेको थियो, तर त्यस विषयमा काम सुरु गरेको थिएन ।जुन अहिले आएर चीनले उक्त अवधारणालाई मूर्त रुप दिने भएको छ ।