मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

युक्रेनको केमिकल प्लान्टमा रूसी सेनाको आक्रमण

रुसी सेनाको आक्रमणका कारण युक्रेनको सेभेरोडोनेत्स्क सहरमा रहेको एउटा केमिकल प्लान्टमा भीषण आगलागी भएको छ । प्लान्टमा रुसी सेनाको बमबारीबाट सयौँ टन तेल चुहिएर भीषण आगलागी भइरहेको सहरका प्रमुख सेरही हाइदाईलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्लान्टमा झन्डै आठ सय जना मानिस फसेका पनि उहाँले बताउनुभएको छ । सहरमा व्यापक गोलाबारी हुन थालेपछि गैरसैनिक मानिसहरू आश्रय लिन प्लान्टभित्र पसेका हुन् ।

पूर्वी युक्रेन कब्जा गर्न रुसका लागि सेभेरोडोनेत्स्क सहरमा कब्जा गर्नु महत्त्वपूर्ण हुने छ । सहरलाई कब्जा गर्ने उद्देश्य पूरा गर्न रुसी फौजले अत्यन्तै संवेदनशील र सयौँ मानिस आश्रय लिएको थाहा हुँदाहुँदै प्लान्टमा आक्रमण गरेको सहरका प्रमुख हाइदाईले बताउनुभएको छ ।

रुस र युक्रेनबीच बितेको साढे तीन महिनादेखि युद्ध चलिरहेको छ । युक्रेनको राजधानी तथा अन्य सहरमा कब्जा गर्न विफल भएपछि रुसले अहिले पूर्वमा रहेको लुहान्स्क र डोनेत्स्क सहरलाई निसाना बनाइरहेको छ ।

सेभेरोडोनेत्स्क सहरका प्रमुख सेरही हाइदाईले सहरको धेरैजसो भू–भाग रुसको कब्जामा गइसकेको बताउनुभएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

अष्ट्रेलियाले जापान र भारतसंग रक्षा साझेदारी बढाउने

क्यानबेरा — अस्ट्रेलियाले भारत र जापानलगायत हिन्द प्रशान्त क्षेत्रका प्रमुख साझेदारहरूसँग कूटनीतिक र रक्षा साझेदारीलाई बढाउने भएको छ । दक्षिण चीन सागरमा चीनको बढ्दो दाबी...

विदेशीलाई क्यानाडाको भिषा प्रक्रिया सहज बनाईदै

अन्टारियो। अन्य मुलुकबाट क्यानाडा आउनका लागि सञ्चालित कार्यक्रम ‘फेमिली क्लास इमिग्रेसन’ मा सुधार गरिने भएको छ।यसअन्तर्गतको प्रक्रियालाई अझ सहज बनाएर सुधार गरिने भएको हो। क्यानाडाका...

विदेशबाट ल्याइएका आईफोनमा कर लाग्ने

काठमाडौँ — विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा  १० हजार रुपैयाँ कर लाग्ने भएको छ । अन्यस्मार्टफोनमा तीन हजार र स्मार्टफोन...