शुक्रबार, कार्तिक ७, २०८३

शुक्रबार, कार्तिक ७, २०८३

नेटोसंग युद्धगर्ने रुसका पूर्व राष्ट्रपतिको चेतावनी

काठमाडौँ । रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले क्रिमिया आफ्नो देशको अंग भएको बताउँदै त्यसमा घुसपैठ गर्न खोज्ने ध्वस्त हुनेचेतावनी दिएका छन् । नेटोको सहयोगमा युक्रेनले क्रिमियामा हमला गर्ने चर्चासँगै दिमित्रीले सो चेतावनी दिएका हुन् ।

“क्रिमिया रुसको एक हिस्सा हो । घुसपैठ गर्ने प्रयास गरे उनीहरु ध्वस्त हुनेछन् । यो रुसविरुद्ध युद्धको घोषणाको रुपमा लिनेछौं रत्यसपछि सिधा युद्ध नेटोसँग हुनेछ, त्यो तेस्रो विश्वयुद्ध हुनेछ । क्रिमियामा घुसपैठ गरिए हामी तेस्रो विश्वयुद्ध लड्न तयार छौं” दिमित्रीलेभने । उनले क्रिमिया घुसे नेटो ध्वस्त हुने समेत दाबी गरे ।

रुसको सुरक्षा परिषदका उपाध्यक्ष समेत रहेका दिमित्रीले युक्रेनमा सैन्य कारवाही सुरु भएदेखि नै नेटो सदस्य देशहरुलाई चेतावनी दिँदैआएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका दिमित्री राष्ट्रपति भ्लादिमिर पुटिनका विश्वास पात्रमध्येका एक हुन् । उनको यो चेतावनीसँगैविश्वयमा नयाँ हलचल मच्चिएको छ । त्यस्तै, उनले युक्रेनले आत्मसमर्पण नगरेसम्म हमला जारी रहने समेत बताएका छन् ।

रुसको पूर्वी युक्रेनबाट अन्त मोड्न नेटोको सहयोगमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रिमिया हमला गर्न लागेको बताइएकोछ । उनले क्रिमियामा हमला गर्ने हो भने पश्चिमा देशहरुसँग लामो दूरीका क्षेप्यास्त्र आवश्यक भएको बताएका छन् ।

सन् २०१४ मा क्रिमियाको संसदमा भएको मतदानमा ९७ प्रतिशत सांसदहरुले रुससँग गाभिने पक्षमा मतदान गरेका थिए । त्यो सँगैसोभियतकालमा झैं क्रिमिया रुसकै अंग बन्न पुगेको थियो । पश्चिमा देशहरूले रूसले हस्तक्षेप गरेकाे भन्दै विराेध गर्दै आएका छन् ।

यसैबीच पश्चिमा देशहरुले क्रिमियामाथि हमलाको तयारी गरेको चर्चासँगै रुसले आरणविक हतियार तैनाथ गरेको बताइएको छ ।क्रिमियामा हमला गरे नेटोसँग प्रत्यक्ष युद्ध लड्ने मनस्थितिमा पुगेको रुसले आरणविक ब’म, क्रिमियामा एयर डिफेन्स, क्षेप्यास्त्र समेततैनाथ गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले बताएका छन् ।

रूसले पछिल्ला दिनमा नयाँ संस्करणका हतियार प्रयाेगमा युक्रेनमाथि हमला गरिरहेकाे छ । रूसले लामाे तथा छाेटाे दूरीकानयाँ हतियार प्रयाेगमा ल्याएकाे छ । युक्रेनमा सैन्य कारवाही सुरूपछिका नयाँ अस्त्र तयार गरेकाे हाे । पछिल्ला अस्त्र पहिलेभन्दानिकै शक्तिशाली भएकाे बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

न्यूयोर्कमा संकटकाल घोषणा

न्यूयोर्क।आप्रवासीको प्रवाहका कारण उत्पन्न संकट सम्बोधन गर्न न्यूयोर्क सिटीका मेयर इरिक एडम्सले संकटकाल घोषणा गर्नुभएको छ । अप्रिलयता १७ हजारभन्दा बढी आप्रवासी दक्षिणी सीमाबाट...

सिडनीमा भारी वर्षा

सिड्नी । केही दिनको भारी वर्षापछि नदीमा पानीको बहाव बढेपछि अष्ट्रेलियाको आपत्कालीन सेवाले आइतबार सिड्नी र त्यसभन्दा बाहिरका बस्तीका लागि उद्धार आदेश जारी गरेको...

होन्डा जेट एलिट २ को नयामोडल सार्वजनिक

टोकियो। होन्डा मोटर कर्पोरेसनले आफ्नो लोकप्रिय साना व्यवसायिक विमान होन्डा जेट एलिट २ (HondaJet Elite II ) को नयाँमोडल सार्वजनिक गर्ने भएको छ । यो...