टोकियो – पूर्वप्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आज जापानको समय बेलुकी ६ बजे जापानवासी नेपाली सँग वृहत अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ ।
टोकियो स्थित खामेइदोमा नेपाली जनप्रगतिशिल मंच जापानले आयोजना गरेको ‘समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रियामा प्रचण्ड प्रमुख बक्ताको रुपमा सहभागी हुदैछन ।
शनिबार टोकियोको नारिता बिमानस्थल अवतरण गरेका प्रचण्डले हिजै फुकुओका मा आयोजित नेपाल फेस्टिवलको उद्घाटन गर्नुभएको थियो । आज बिहान प्रचण्ड जापानको एतिहासिक क्षेत्र हिरोसिमा पुगी हिरोसिमा संग्रहालयको अवलोकन गर्नुभएको थियो। शनिबार प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री स्वर्गिय शिन्जो आबेको निधनप्रति दु:खप्रकट गर्दै भेट्ने धोका पुरा हुन नपाएकोमा पश्चाताप भएको बताएका थिए ।