बिहिबार, बैशाख ३१, २०८३

बिहिबार, बैशाख ३१, २०८३

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन

काठमाडौँबेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार दिउँसो उनको निधन भएको हो

सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन्  उनीविश्वमै पनि लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा फ्रान्सका लुइस १४ औं पछि दोस्रो स्थानमा पर्छिन्  बेलायतसँगै उनी अन्य१४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुख हुन् 

महारानी एलिजाबेथले आफ्नो जीवनमा थुप्रै उतारचढावको सामना गरेकी थिइन्  उनले थुप्रै रेकर्ड पनि कायम गरेकी थिइन् एलिजाबेथको शासनकालमै बेलायतमा १५ जना प्रधानमन्त्री अमेरिकामा १४ जना राष्ट्रपति परिवर्तन भएका छन् 

एलिजाबेथलाईस्थायित्व निरन्तरताको प्रतिनिधित्व गर्ने शालीन राष्ट्राध्यक्षका रुपमा लिइन्छ  पारिवारिक जीवनमा उनी कैयौंअप्रिय घटनाको साक्षी बनिन् तर विचलित भइनन्  एलिजाबेथ राजकुमारी रहँदा राजपरिवारमा दोस्रो मर्यादा क्रममा थिइन्  उनीबेलायतको महारानी बन्ने सम्भावना निकै कम थियो  तर सन् १९३६ डिसेम्बरमा राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नकालागि सिंहासन त्याग्ने निर्णय लिएपछि १० वर्षकी उनलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको थियो 

उनका बुबा राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि मिलेपछि जेठी छोरी एलिजाबेथ उत्तराधिकारी बनेकी थिइन्  पिताकोनिधनपछि सन् १९५२ फेब्रुअरी मा २५ वर्षको उमेरमा उनले राजगद्दी आरोहण गरेकी थिइन्  दोस्रो विश्वयुद्धपछि बेलायत आर्थिकतथा राजनीतिक रूपमा तंग्रिने प्रयास गरिरहेका बेला एलिजाबेथले गद्दी आरोहण गरेकी थिइन्  करिब १२० देशको भ्रमण गरेकीएलिजाबेथले संसारकै सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्षको कीर्तिमान राखेकी थिइन्  १६ लाख किलोमिटरभन्दा बढी यात्रा गरेकी उनीहजारौं समारोहमा सहभागी भएकी थिइन्  उनी संसारमै सबैभन्दा धेरै फोटो खिचाउने व्यक्तिमध्येमा पर्छिन् 

महारानीले स्वास्थ्यका कारण आफ्ना कतिपय राजकीय जिम्मेवारी यसअघि नै जेठो छोरा तथा उत्तराधिकारी युवराज चार्ल्सलाईहस्तान्तरण गरेकी छन्  उनले युवराज चार्ल्स राजा बनेपछि पत्नी क्यामिला रानी बन्ने यसअघि नै प्रस्ट पारेकी थिइन् 

सन् १९९६ मा चार्ल्स डायनाबीच विवाहको १५ वर्षमै सम्बन्धविच्छेद भएपछि शाही परिवारप्रति आलोचना बढ्यो  त्यसको अर्को वर्षफ्रान्सको राजधानी पेरिसमा भएको कार दुर्घटनामा डायनाको निधन भएपछि मानिसहरू राजसंस्थाप्रति नकारात्मक बन्दै गए डायनासँग चार्ल्सको बिग्रेको वैवाहिक सम्बन्ध सुधार्न डायनाको दुर्घटनापछि गुम्दै गएको राजसंस्थाप्रति जनताको सम्मान कायमराख्नका लागि एलिजाबेथले थुप्रै चुनौती सामना गरिन् 

राजकुमारहरु विलियम ह्यारीकी आमा डायनाको सन् १९९७ अगस्टमा फ्रान्सको राजधानी पेरिसमा भएको कार दुर्घटनामा मृत्यु भएकोथियो  पछि सन् २००५ मा चार्ल्सले क्यामिला पार्कर बाउल्ससँग विवाह गरेका हुन् 

तीन वर्षअघि राजकुमार ह्यारी मेगनले दरबार छाड्ने निधो गर्दा महारानीले दुःख व्यक्त गरेकी थिइन्  पछि सन् २०२१ को जुनमा पतिगुमाएपछि भने उनलाईएक्लोपनले अत्याएको थियो  त्यसको महिनापछि यौन दुर्व्यवहारको आरोपमा छोरा एन्ड्रयुको शाही पदवीखोसिएको थियो 

महारानी एलिजाबेथले गद्दी आरोहण गरेको ७० वर्षको अवसरमा गत जुनमा भव्य समारोह आयोजना गरिएको थियो  चार दिनसार्वजनिक बिदा दिएर गरिएकोप्लेटिनम जुब्लीसमारोहमा दसौं लाख बेलायतीले भाग लिएका थिए  त्यस अवसरमा महारानीलेराजकुमार चार्ल्स, ड्युक अफ केन्टलगायत शाही परिवारका सदस्यमाझ राजदरबारको बाल्कोनीबाट सैनिक हजारौं सर्वसाधारणलाईहात हल्लाएर हौसला प्रदान गरेकी थिइन् 

उनले नेपालप्रति पनि सद्भाव राख्ने गर्थिन्  खासगरी गोर्खा सैनिकप्रति बेलायती राजपरिवारको गहिरो विश्वास रहेकाले पनि नेपालसँगएलिजाबेथको विशेष सम्बन्ध थियो 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

इन्डो-प्यसिफिक क्षेत्र पुनःचर्चामा

युरोपको सुरक्षामा दशकौँयताको सबैभन्दा गम्भीर संकट उत्पन्न भएको तीन महिना हुन थालिसकेको छ। यही बेला विश्वकाशक्तिराष्ट्रहरुको विदेशनीति विविधीकरण गर्ने आकर्षक गन्तव्य भने इन्डो–प्यासिफिक क्षेत्र...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

ड्रोन आक्रमण अमेरिकाको योजना भएको रुसको दाबी

दिमित्री पेस्कोभले क्रेमलिनमा हालै भएको ड्रोन आक्रमणमा अमेरिका र युक्रेनको हात रहेको बताएका छन्। 'हामीसँग यसको प्रमाण छ। त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...