आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

आबे हत्यारालाई लाखौ सहयोग जुटदै

जापान। जापानका पुर्वप्रधानमन्त्री सिन्जो आबेलाई गत जुलाई तारिख  नारामा चुनावी प्रचारमा भाषण गर्दै गर्दा पछाडीबाट गोलीप्रहार गरेका संदिग्ध यामागामी तेचुयालाई १० लाख येनभन्दा बढी सहयोग जुटेको बताईएको

जापानी संचार माध्यममा प्रकाशित खबरका अनुसार, अहिले मनोवैज्ञानिक परिक्षणका क्रममा ओसाकाको एक बन्दिगृहमा निगरानीमारहेका आबे हत्याका संदिग्ध यामागामीलाई लत्ता कपडा,कमिक पुस्तक, खाना तथा नगदै समेत सहयोग पठाईएको यस्तागतिविधिले उक्त घटनालाई सदर गराउन खोजिएको बुझिन जाने भन्दै अपराध अनुसन्धान विज्ञहरुले यस्तो नगर्न चेतावनी दिएका छन्

त्यस्ता सहयोग रकमहरु यामागामीलाई राखिएको ओसाकाको एक हिरासत केन्द्रमा पठाइएको बताईएको छ। अहिले यामागामीकोमानसिक अवस्थाको परिक्षण चलिरहेको छ। यस अघि यामागामीले आफ्नी आमाले तात्कालिक युनिफिकेसन चर्चमा ठूलो रकम दानगरेकाले आफ्नो परिवार खत्तम भएको उक्त धार्मिक समूहसंग आवेको पनि संम्बन्ध रहेकाले हत्या गर्न चाहेको बताएका थिए रंगेहातघटनास्थलबाट पक्राउ गरिएका यामागामीले अपराध गरेकोमा कुनै छानबिनको विषय बाँकी नरहेपनि उनले कस्तो मनस्थितिमा गरेका हुन्भन्नेबारे बुझ्न अहिले मनोवैज्ञानिक परिक्षण चलिरहेको छ।

तर विज्ञहरूले संदिग्ध व्यक्तिले उसको व्यक्तिगत असन्तुष्टि एकीकरण चर्चसँग सम्बन्धित मुद्दाहरूका कारण आबे हत्यालाई एकैठाउँमा जोडेर हेरि आरोपित प्रति सहानुभूति देखाउनु नहुने चेतावनी दिएका छन् ।टोकियो फ्युचर युनिभर्सिटीका आपराध मनोविज्ञानकाप्राध्यापक यासुयुकी देगुचीले भने, “संदिग्ध व्यक्तिप्रतिको सहानुभूति घटनाको दुर्भावनालाई भ्रममा पार्नु हुँदैन।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एनआरएनए जापानको निर्वाचन समिति र छानविन समितिविच फेरी विवाद

टोकियो। एनआरएनए जापानमा निर्वाचनका लागि गठन गरिएको निर्वाचन समिति र निर्वाचनको निष्पक्षताबारे अध्ययन (छानविन) गर्न बनेको समिक्षा समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको...

सुदूरपश्चिमेली समाज जापानको अधिवेशन सम्पन्न, विकास रोकाया अध्यक्षमा सर्वसम्मत निर्वाचित

सुदूरपश्चिमेली समाज जापानको सातौ अधिवेशन आइतबार टोकियोमा सम्पन्न्न भयो ।अधिवेशनले बिकास कुमार रोकायालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । रोकायाको अध्यक्षतामा ९ सदस्यिय कार्यसमितिको गठन...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...