टोकियो । जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गा बहादुर सुवेदीले जापानको नेपाली समाज संगठित, समृद्धि र अनुकरणीय रहेकोबताएका छन।
टोकियोमा आइतबार नेपाल पत्रकार महासंघ जापान शाखाको १२औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै जापानका लागि नेपालीराजदूत डा. सुवेदीले दूतावासको टेलीकमको समस्याको समाधान छिट्टै हुने बताए ।
कार्यक्रममा सम्बोधन गर्नेक्रममा राजदूत डाक्टर सुवेदीले जापानको नेपाली समाज विश्वका नेपाली समुदाय भन्दा संगठित रअनुकरणीय रहेको बताउनु हुँदै आफ्नो नेतृत्वको नेपाली दूतावासमा भ्रष्टाचार हुन दिन्न र नहुने जिकिर गरे ।
कार्यक्रमकै बीचमा राजदूत डा. सुवेदीले जापानको संचारकर्मले जापानी र नेपाली समाजको पुलको रूपमा काम गरिरहेको बताए ।पत्रकार महासंघ र यहाँको नेपाली संचारकर्मले नेपाली कला, संस्कार र संस्कृतिलाई जोगाउन टेवा पूर्याएको छ उनले भने–जापानकोनेपाली पत्रकारिताले दूतावासको कामलाई नेपाली समुदायमा पूर्याउन उल्लेखनीय काम गरेको छ यस अवसरमा म यहाँहरूको प्रशंसागर्न चाहन्छु ।
उक्त समारोहमा पत्रकार महासंघ जापानले १२ वर्ष पुरा गरि १३ वर्ष लागेको अवसरमा संस्थापकहरुलाई मायाको चिनो प्रदान गरिसम्मान गरिएको थियो ।
सो स्थापना दिवस विशेष कार्यक्रमको अवसरमा गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिवप्रसाद पौडेल, एसिया प्याशिफिकउपसंयोजक ददिवल खड्का, पत्रकार महासंघका संस्थापक सभापति तिलक मल्ल, एनआरएनए आइसीसी उपाध्यक्ष रथा महासंघकासंस्थापक सल्लाहकार भूषण घिमिरे, नेपाल आदिवासी जनजाति महासंघजापानका अध्यक्ष संजीब राई, जनसम्पर्क समिति जापानकासभापति रोशन केसी, प्रवासी नेपाली मंच जापानका अध्यक्ष कुलचन्द्र खरेल, अन्तर्राष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष प्रकाशकेसी लगाएत व्यक्तित्वहरुले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा जापानमा रहेका सक्रिय नेपाली पत्रकार, नेपाली दूतावास, एनआरएनए र विभिन्न नेपाली संघ–संस्थाको नेतृत्वकोउपस्थितिमा संस्थापकहरुलाई माया चिनो प्रदान, शुभकामना आदान–प्रदान र चियापान गरेको थियो ।
पत्रकार महासंघ जापान शाखा सन् २०११ मार्च १३ तारिख जापानको राजधानी टोकियोमा पत्रकार तिलक मल्लको सभापतित्वमास्थापना भएको थियो ।
कार्यक्रममा संस्थापन समयको इतिहास सुनाउनु हुँदै संस्थापक सभापति तिलक मल्लले पत्रकारिता गर्ने युवाहरुलाई कडा मेहनत गर्नुपर्नेबताए ।
उक्त शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम महासंघका सचिव राजन गौतमले संचालन गरि उपाध्यक्ष इन्द्रा खनालले स्वागतमन्तव्य र अध्यक्ष शान्त पहरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।