शुक्रबार, साउन १, २०८३

शुक्रबार, साउन १, २०८३

जापानको नेपाली समाज संगठित छ:राजदूत सुवेदी

टोकियो जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गा बहादुर सुवेदीले जापानको नेपाली समाज संगठित, समृद्धि अनुकरणीय रहेकोबताएका छन।

टोकियोमा आइतबार नेपाल पत्रकार महासंघ जापान शाखाको १२औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै जापानका लागि नेपालीराजदूत डा. सुवेदीले दूतावासको टेलीकमको समस्याको समाधान छिट्टै हुने बताए

कार्यक्रममा सम्बोधन गर्नेक्रममा राजदूत डाक्टर सुवेदीले जापानको नेपाली समाज विश्वका नेपाली समुदाय भन्दा संगठित अनुकरणीय रहेको बताउनु हुँदै आफ्नो नेतृत्वको नेपाली दूतावासमा भ्रष्टाचार हुन दिन्न नहुने जिकिर गरे
कार्यक्रमकै बीचमा राजदूत डा. सुवेदीले जापानको संचारकर्मले जापानी नेपाली समाजको पुलको रूपमा काम गरिरहेको बताए पत्रकार महासंघ यहाँको नेपाली संचारकर्मले नेपाली कला, संस्कार संस्कृतिलाई जोगाउन टेवा पूर्याएको उनले भनेजापानकोनेपाली पत्रकारिताले दूतावासको कामलाई नेपाली समुदायमा पूर्याउन उल्लेखनीय काम गरेको यस अवसरमा यहाँहरूको प्रशंसागर्न चाहन्छु 

उक्त समारोहमा पत्रकार महासंघ जापानले १२ वर्ष पुरा गरि १३ वर्ष लागेको अवसरमा संस्थापकहरुलाई मायाको चिनो प्रदान गरिसम्मान गरिएको थियो

सो स्थापना दिवस विशेष कार्यक्रमको अवसरमा गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिवप्रसाद पौडेल, एसिया प्याशिफिकउपसंयोजक ददिवल खड्का, पत्रकार महासंघका संस्थापक सभापति तिलक मल्ल, एनआरएनए आइसीसी उपाध्यक्ष रथा महासंघकासंस्थापक सल्लाहकार भूषण घिमिरे, नेपाल आदिवासी जनजाति महासंघजापानका अध्यक्ष संजीब राई, जनसम्पर्क समिति जापानकासभापति रोशन केसी, प्रवासी नेपाली मंच जापानका अध्यक्ष कुलचन्द्र खरेल, अन्तर्राष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष प्रकाशकेसी लगाएत व्यक्तित्वहरुले शुभकामना व्यक्त गरेका थिए

कार्यक्रममा जापानमा रहेका सक्रिय नेपाली पत्रकार, नेपाली दूतावास, एनआरएनए विभिन्न नेपाली संघसंस्थाको नेतृत्वकोउपस्थितिमा संस्थापकहरुलाई माया चिनो प्रदान, शुभकामना आदानप्रदान चियापान गरेको थियो

पत्रकार महासंघ जापान शाखा सन् २०११ मार्च १३ तारिख जापानको राजधानी टोकियोमा पत्रकार तिलक मल्लको सभापतित्वमास्थापना भएको थियो

कार्यक्रममा संस्थापन समयको इतिहास सुनाउनु हुँदै संस्थापक सभापति तिलक मल्लले पत्रकारिता गर्ने युवाहरुलाई कडा मेहनत गर्नुपर्नेबताए

उक्त शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम महासंघका सचिव राजन गौतमले संचालन गरि उपाध्यक्ष इन्द्रा खनालले स्वागतमन्तव्य अध्यक्ष शान्त पहरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...

सुदूरपश्चिमेली समाज जापानको अधिवेशन सम्पन्न, विकास रोकाया अध्यक्षमा सर्वसम्मत निर्वाचित

सुदूरपश्चिमेली समाज जापानको सातौ अधिवेशन आइतबार टोकियोमा सम्पन्न्न भयो ।अधिवेशनले बिकास कुमार रोकायालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । रोकायाको अध्यक्षतामा ९ सदस्यिय कार्यसमितिको गठन...

विदेशीलाई क्यानाडाको भिषा प्रक्रिया सहज बनाईदै

अन्टारियो। अन्य मुलुकबाट क्यानाडा आउनका लागि सञ्चालित कार्यक्रम ‘फेमिली क्लास इमिग्रेसन’ मा सुधार गरिने भएको छ।यसअन्तर्गतको प्रक्रियालाई अझ सहज बनाएर सुधार गरिने भएको हो। क्यानाडाका...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...