बुधबार, असार १०, २०८३

बुधबार, असार १०, २०८३

सहयोग नपाए लाखौं अफगान नागरिक मृत्युको मुखमा पर्ने राष्ट्रसंघको चेतावनी

संयुक्त राष्ट्रसंघले तत्कालै सहयोग नपाए अफगानिस्तानका लाखौं नागरिक मृत्युको मुखमा पर्न सक्ने चेतावनी दिएको छ।

बिहीबार अफगानिस्तानबारे चेतावनी जारी गर्दै राष्ट्रसंघले अफगानिस्तानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्नुपर्नेमा जोड दिएको हो।

राष्ट्रसंघले अफगानिस्तानको अर्थतन्त्र ध्वस्त हुनबाट बचाउन अन्तर्राष्ट्रिय समुदायले पाँच अर्ब डलर मानवीय सहायता दिन, अफगानिस्तानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्न र त्यसको बैंकिङ प्रणाली सुरु गर्न अपिल गरेको छ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले सञ्चारकर्मीहरूसँग कुरा गर्दै रोक्का गरिएको सम्पत्तिले अफगानिस्तानका नागरिकहरुको जीवन बचाउन सक्ने बताएका हुन्।

जीवन तथा अर्थतन्त्रलाई बचाउनको लागि पैसा रोक्का गर्ने किसिमको नियम तथा शर्तहरु हटाउनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रसंघका अनुसार अहिले करिब ८७ लाख मानिसहरु भोकमरीको चपेटामा परेका छन्। गुटेरसले अफगानिस्तानको अर्थतन्त्रमा अहिले तीव्र गतिमा पैसा पठाउनु जरुरी रहेको बताएका छन्।

गत अगष्ट महिनामा अफगानिस्तानमा तालिबानले कब्जा जमाएयता अफगानिस्तानको अर्थतन्त्र समस्यामा देखिएको छ।

अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानलाई दिँदै आएको सहयोग बन्द गरेका छन्। साथै अफगानिस्तानको विदेशमा रहेको सम्पत्ति पनि जफत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १६ राउण्ड हवाई फायर

काठमाडौँ । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले...

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

काठमाडौं । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ। सोमबार एक...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...