सोमवार, जेष्ठ ११, २०८३

सोमवार, जेष्ठ ११, २०८३

सातदोबाटोमा रमाइलो खेल

काठमाडौँ — लिग सुरु हुनुअगाडि नै प्रशिक्षक मेघराज केसीले दाबी गरेका थिए, माथिल्लो डिभिजनमा नवप्रवेशी सातदोबाटो युवाक्लबको प्रदर्शन गर्विलो हुनेछ । नवौं चरणमा शुक्रबार सातदोबाटोले मनाङ मर्स्याङ्दीमाथि प्राप्त गरेको जित यस्तै रह्यो । मन छुनेखालको जित । कीर्तिमान आठपल्टको विजेता मनाङमाथि प्राप्त सातदोबाटोको यो सफलतालाई धेरै पछाडिसम्म प्रसिद्ध जितका रूपमासम्झिइनेछ । भाग्यले साथ दिएको भए सातदोबाटोले ५ गोल गर्नुपर्ने थियो ।

नाङको प्रदर्शन यति साह्रो किन खराब रह्यो त ? यसको उत्तर दुई प्रकारले दिन सकिन्छ । पहिलो, मनाङको टिम अहिले ठूलै समस्यामाछ । त्यसो भनेको टोलीका ५ देखि ६ खेलाडी कोभिड–१९ बाट संक्रमित भएका छन् । त्यसैले टिमले राम्रो खेल्न सकेन । यो तात्कालिककारण भयो । दोस्रो कारण भने गम्भीर छ । सातदोबाटो प्रशिक्षक केसीकै अनुसार पनि अहिलेको मनाङ खासमा राम्रो टिम नै होइन, त्यसैले सातदोबाटोले अहिले प्राप्त जितलाई स्तब्धपूर्ण पनि भन्नुपर्दैन, किनभने यो स्वाभाविक नतिजा हो ।

यो यस्तो नतिजा हो, जुन लिग उपाधि होडमा निर्णायक हुनसक्छ । मनाङको यो अहिलेको लिगमा दोस्रो हार हो । यससँगै टिम १९ अंकमैसीमित रह्यो । डिफेन्डिङ च्याम्पियन मछिन्द्रसँग २० अंक छ । टोलीले नवौं चरणको खेलमा जित निकालेर मनाङमाथि ४ अंकको ठोसअग्रता लिन सक्छ । यस्तोमा मनाङको यो हारले मछिन्द्रलाई धेरै हदसम्म उत्साहित बनाउने छ । मनाङ आफैंका लागि भने यो निकै खराबनतिजा रहनेछ ।

मनाङका प्रशिक्षक टोपे फुजाले पनि माने, आफ्नो टिमले खेल्नै सकेन । उनले भने, ‘हाम्रो प्रदर्शन वास्तवमै खराब रह्यो, विशेषतः पहिलोहाफमा । दोस्रो हाफमा केही सुधारिएको खेल प्रदर्शन गरे पनि यो खेलमा फर्कन पर्याप्त रहेन । हाम्रा ५–६ खेलाडी कोभिडबाट संक्रमितछन्, त्यसैले क्लब आफैं संकटमा छ । अब लिग एक महिना रोकिने छ र यो हाम्रा लागि ठूलो राहतका रूपमा रहनेछ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

घरेलु मैदानमा बार्सिलोना स्तब्ध, उपाधि जित्न रियललाई १ अंक आवश्यक

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमा रायो भालेकानोसँग १-० गोल अन्तरले पराजित भएको...

टेस्ट कप्तानबाट विराट कोहलीले दिए राजीनामा

काठमाडौँ– भारतीय टेस्ट टिमको कप्तानबाट विराट कोहलीले राजीनामा दिएका छन्। दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टेस्ट सिरिज गुमाएसँगै कोहलीले टेस्टको कप्तानबाट राजीनामा दिएका हुन्। कोहलीले राजीनामा दिँदै...

पुलिसलाई हराउँदै एपिएफ प्रधानमन्त्री कप टी-२० च्याम्पियन

सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा नेपाल पुलिस क्लबलाई...

विश्वकप नजिक क्यानडा

ह्यामिल्टन — ३६ वर्षपछि विश्वकप खेल्ने अभियानमा एक कदम अगाडि बढ्दा क्यानडाले मध्य र उत्तर अमेरिका तथा क्यारेबियनक्षेत्रको छनोटमा अमेरिकालाई २–० गोलले हराएको छ...