बिहिबार, बैशाख १७, २०८३

बिहिबार, बैशाख १७, २०८३

पुलिसलाई हराउँदै एपिएफ प्रधानमन्त्री कप टी-२० च्याम्पियन

सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो।

१५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेटको क्षतिमा १३६ रन मात्र जोड्न सक्यो।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ६५ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले ५४ बलमा ३ चौका र १ छक्का प्रार गरे।

खराब ओपनिङ गरेको पुलिसका ओपनरद्वय पवन सराफ गोल्डेन डकआउट हुँदा अमित श्रेष्ठ पनि ३ रनमा आउट भए।

दुवैलाई किशोर महतोले आउट गरेका थिए। त्यसपछि अनिलकुमार साह १० रन र आरिफ शेख १२ रनमा आउट हुँदा पुलिस सुरुमै संकटमा परेको थियो।

तर दीपेन्द्रले दिलीप नाथसँग ५६ रनको साझेदारी गरेपछि पुलिसको इनिङ्ग्स उकासिएको थियो। दिलीप २३ रनमा आउट भएपछि दीपेन्द्रको मात्र केही चलेन। दिलिप आउट भएपछि रासिद खान ४ रनमै आउट भएका थिए।

बलिङमा एपिएफका किशोर महतोले ३ विकेट लिए भने अभिनास बोहरा, अमरसिंह रटेउला र दीपक बोहराले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपिएफ एक बल खेल्न बाँकी छदा १५७ रनमा अलआउट भयो।

उसका लागि अमरसिंह रटेउलाले १५ बलमा २९ रन, लोकेश बमले १५ बलमा २७ रन, सन्दीप जोराले २४ रन, कप्तान शरद भेषवाकरले १९ रन र भुवन कार्कीले १७ रनको योगदान गरे।

बलिङमा पुलिसका सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले ३-३ विकेट लिए। गुल्शन झाले २ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

विश्वकप नजिक क्यानडा

ह्यामिल्टन — ३६ वर्षपछि विश्वकप खेल्ने अभियानमा एक कदम अगाडि बढ्दा क्यानडाले मध्य र उत्तर अमेरिका तथा क्यारेबियनक्षेत्रको छनोटमा अमेरिकालाई २–० गोलले हराएको छ...

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन्

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन् बैशाख २७ , काठमाडौँ । नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुद प्रतियोगिताकी स्वर्ण पदक विजेता भारोत्तोलन...

खेलाडीको पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरी हाबी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी शनिबार खेलाडीसँगको पत्रकार सम्मेलनमा बढी नै सक्रिए देखिए। पत्रकार सम्मेलनअघि खेलाडीसँग एन्फा निर्वाचन, एनएसएल र...

मोरक्कोलाई साकिराको बधाई

दोहा/विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन्। शनिबार राति भएकोक्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ। जारी...