बिहिबार, बैशाख १७, २०८३

बिहिबार, बैशाख १७, २०८३

डेढ करोड कमिसनका लागि तीन जनाको हत्या

तीन जनाको हत्या आरोपमा पक्राउ परेका अनिलकुमार मण्डलले हत्या जग्गा किनबेच गर्दा आउने कमिसनका कारण भएको प्रारम्भिकबयान दिएका छन् अपराध महाशाखा काठमाडौं मोरङ प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा हत्याको कारण जग्गाको बैना वापतआउने कमिसन नै रहेको आरोपीले बताएका हुन्  

प्रहरी स्रोतका अनुसार यी चारजना जग्गा व्यवसायीको समूहले झापामा ५० करोडको जग्गा बैना गराएको थियो जग्गा कसले कसलाईगराएको स्पष्ट नभएपनि ५० करोडको जग्गा बैना गराएवापत प्रतिशतले हुन आउने डेढ करोड रुपैयाँ कमिसन आउने पक्कापक्कीभएको थियो तर कमिसनका विषयमा लिम्बुले धेरै भाग खोजेपछि कमिसन एकलौटी पार्ने उद्देश्यका साथ मण्डलले पहिले लिम्बु पछिअन्य दुई जनाको हत्या गराएका थिए

प्रहरी स्रोतका अनुसार जग्गाको कमिसनको विषयमा कुरा नमिलेपछि मण्डलको समूहले मंसिर २८ गते लिम्बुलाई ललितपुरकोधापाखेलमा बोलाएर हत्या गरेको थियो उक्त हत्याकाण्डको पोल खुल्ने डरले पछि मण्डलको समूहले राजेन्द्र कुमार श्रेष्ठलाई पुषको गते शम्भु चौधरीलाई पुषको गते मोरङमा हत्या गरेका थिए  

त्यसपछि शव वेपत्ता बनाउन लिम्बुको शव धापाखेलकै एक घरको कम्पाउन्ड श्रेष्ठ चौधरीको शव मोरङको धनपालथान गाउँपालिका कमलपुरमा रहेको उखुबारीमा खाल्डो खनेर गाडिएको थियो छिटो शव गलाउनका लागि उनीहरुले सबै स्थानमा नुनको प्रयोग गरेकाथिए  

हत्याको आरोपमा प्रहरीले तत्काल तीन जनालाई पक्राउ गरेको पक्राउ पर्नेमा सिराहा नगरपालिका वडा नं २१ सिराहा घर भई बल्खुबस्ने ३१ वर्षीय अनिलकुमार मण्डल, जहदा गाउँपालिका सिस्वनी बस्ने वर्ष २९ को अमित साह भनिने दीनानाथ सोनार धनपालथानगाउँपालिका कमलपुर बस्ने ६२ वर्षीय नासिर आलम छन् हत्यामा अन्य केही नेपाली तथा भारतीय नागरिकको पनि संलग्नता रहेको उनीहरु फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको

मण्डलले चारजना भारतीय नागरिकलाई २० लाख रुपैयाँ दिएर श्रेष्ठ चौधरीको हत्या तथा शव व्यवस्थापन गर्न लगाएको प्रहरीलेबताएको

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

निलम्बित गभर्नर अधिकारीले दिए सर्वोच्चमा रिट, समितिले थाल्यो छानविन

काठमाडौं । निलम्बित नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेकै दिन जाँचबुझ समितिले काम थालेको छ । निलम्बित गभर्नर अधिकारीले...