आइतवार, साउन २४, २०८३

आइतवार, साउन २४, २०८३

रियलको मैदानमा बार्सिलोनाको गोलको वर्षा

काठमाडौँ । भ्रमणकारी टोली बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल अन्तर्गत एल क्लासिक भिडन्तमा घरेलु टोली रियल मड्रिडमाथि शानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले ४-० अन्तरको शानदार प्रदर्शन गर्दै एल क्लासिकको लगातार पाँचौ हारको अन्त्य गरेको हो ।

जाभी होर्नाण्डेजको नेतृत्वमा रहेको बार्सिलोनालाई जिताउन पिएरे एमरिक अबमेयाङले दुई तथा रोनाल्ड अरुजो र फेरान टोरेसले एक-एक गोल गरे ।

खेलको २९औं मिनेटमा अबमेयाङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। ३८औं मिनेटमा रोनाल्डले गोल गर्दा रियल घरेलु मैदानमा सुरुवातमै २-० ले पछि रह्यो।

४७औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ५१ औं मिनेटमा अबमेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को सहज जित दिलाए ।

हारका बाबजुद रियल शीर्ष स्थानमा यथावत छ । उसको ६६ अंक रहेको छ ।जितसँगै बार्सिलोना २८ खेलबाट ५४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

घरेलु मैदानमा बार्सिलोना स्तब्ध, उपाधि जित्न रियललाई १ अंक आवश्यक

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमा रायो भालेकानोसँग १-० गोल अन्तरले पराजित भएको...

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन्

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन् बैशाख २७ , काठमाडौँ । नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुद प्रतियोगिताकी स्वर्ण पदक विजेता भारोत्तोलन...

दिल्लीलाई १५ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा

आईपीएल २०२२ मा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको छ । योसँगै राजस्थानको टोली अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।​ रोभम्यान पावेलले...

आर्सनलद्वारा म्यान्चेष्टर युनाईटेड पराजित

एजेन्सी । इङ्लिश प्रिमियर लिगमा आर्सनलले म्यान्चेष्टर युनाईटेडमाथि शानदार जित निकालेको छ । बेलायतको एमिरेट्स स्टेडियममा शनिबार बेलुकी भएको खेलमा घरेलु टोलीले म्यान्चेष्टर युनाईटेडलाई ३–१...