बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३

नेपालगन्जमा रेडपाण्डाको छालासहित चार जना होटलबाट पक्राउ

नेपालगञ्ज । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अन्जना होटलबाट आइतबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ का हर्कबहादुर विक, विवेक वोहरा र वडा नं ११ का रामकृष्ण शाही तथा ठूलोभेरी नगरपालिका–१ का सुकराम विक रहेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । होटलमा प्लाष्टिकको बोरा भित्र लुकाइराखेको अवस्थामा प्रहरीले दुई थान रेडपाण्डाको छालासमेत बरामद गरेको छ ।

पक्राउ परेका चारैजनालाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिमको रु पाँच लाखदेखी रु १० लाखसम्म जरिवाना तथा पाँच वर्षदेखी १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १६ राउण्ड हवाई फायर

काठमाडौँ । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले...

जापानमा उतर कोरियाको ब्यालेष्टिक मिसाइल प्रक्षेपण

जापान। उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ। त्यसका कारण जापान सरकारले होक्काइडो टापुका मानिसहरूलाई उडानको समयमा...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...