बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३

अमेरिकाले युक्रेनलाई अत्याधुनिक हतियार दिने

काठमाडौं। अन्ततः युक्रेनले अमेरिकाबाट अत्याधुनिक रेकट प्रणाली प्राप्त गर्ने भएको छ। यो रकेट ७० किलोमिटर परसम्म पुगेर मारहान्न सक्षम भएको अमेरिकी भनाइ छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दुरीसम्म पुग्ने रकेट प्रणाली दिन सहमत भएका हुन्। यसअघि अमेरिकाले यस्तोहतियार युक्रेनलाई नदिने बताएको थियो।

त्यस्ता हतियार युक्रेनलाई दिए युक्रेनले रुसलाई आक्रमण गर्ने आशंका गरिएको थियो। यद्यपी बाइडेनले यतिबेला पछिल्लो हतियारदिने बताउँदै ती हतियारले युक्रेनको रक्षा शक्ति बढ्ने बताएका छन्।

न्युयोर्क टाइम्समा एक लेख लेख्दै बाइडेनले अमेरिकी सहयोगले युक्रेनले सटिक रुपमा आक्रमण गर्नसक्ने उल्लेख गरेका छन्।

हिमार्स नामक रकेट प्रणाली ७० करोड अमेरिकी डलर सहायता प्याकेज अन्तर्गत युक्रेनलाई हस्तान्तरण गर्न लागिएको हो।

बाइडेनले रुससँग युद्ध नचाहेको बताउँदै युक्रेनलाई आत्मरक्षाको लागि सहयोग गरेको जनाएका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

अफगानिस्तानमा बम विस्फाेट हुँदा बालबालिकासहित ३३ जनाको ज्यान गयाे

एजेन्सी । अफगानिस्तानमा भएको बम विस्फाेटमा बालबालिकासहित ३३ जनाको ज्यान गएको छ । कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको शक्तिशाली विस्फाेटमा परेर ३३...

इन्डो-प्यसिफिक क्षेत्र पुनःचर्चामा

युरोपको सुरक्षामा दशकौँयताको सबैभन्दा गम्भीर संकट उत्पन्न भएको तीन महिना हुन थालिसकेको छ। यही बेला विश्वकाशक्तिराष्ट्रहरुको विदेशनीति विविधीकरण गर्ने आकर्षक गन्तव्य भने इन्डो–प्यासिफिक क्षेत्र...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...