शुक्रबार, कार्तिक ७, २०८३

शुक्रबार, कार्तिक ७, २०८३

अमेरिकाले युक्रेनलाई अत्याधुनिक हतियार दिने

काठमाडौं। अन्ततः युक्रेनले अमेरिकाबाट अत्याधुनिक रेकट प्रणाली प्राप्त गर्ने भएको छ। यो रकेट ७० किलोमिटर परसम्म पुगेर मारहान्न सक्षम भएको अमेरिकी भनाइ छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दुरीसम्म पुग्ने रकेट प्रणाली दिन सहमत भएका हुन्। यसअघि अमेरिकाले यस्तोहतियार युक्रेनलाई नदिने बताएको थियो।

त्यस्ता हतियार युक्रेनलाई दिए युक्रेनले रुसलाई आक्रमण गर्ने आशंका गरिएको थियो। यद्यपी बाइडेनले यतिबेला पछिल्लो हतियारदिने बताउँदै ती हतियारले युक्रेनको रक्षा शक्ति बढ्ने बताएका छन्।

न्युयोर्क टाइम्समा एक लेख लेख्दै बाइडेनले अमेरिकी सहयोगले युक्रेनले सटिक रुपमा आक्रमण गर्नसक्ने उल्लेख गरेका छन्।

हिमार्स नामक रकेट प्रणाली ७० करोड अमेरिकी डलर सहायता प्याकेज अन्तर्गत युक्रेनलाई हस्तान्तरण गर्न लागिएको हो।

बाइडेनले रुससँग युद्ध नचाहेको बताउँदै युक्रेनलाई आत्मरक्षाको लागि सहयोग गरेको जनाएका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

न्यूयोर्कमा संकटकाल घोषणा

न्यूयोर्क।आप्रवासीको प्रवाहका कारण उत्पन्न संकट सम्बोधन गर्न न्यूयोर्क सिटीका मेयर इरिक एडम्सले संकटकाल घोषणा गर्नुभएको छ । अप्रिलयता १७ हजारभन्दा बढी आप्रवासी दक्षिणी सीमाबाट...

सिडनीमा भारी वर्षा

सिड्नी । केही दिनको भारी वर्षापछि नदीमा पानीको बहाव बढेपछि अष्ट्रेलियाको आपत्कालीन सेवाले आइतबार सिड्नी र त्यसभन्दा बाहिरका बस्तीका लागि उद्धार आदेश जारी गरेको...

होन्डा जेट एलिट २ को नयामोडल सार्वजनिक

टोकियो। होन्डा मोटर कर्पोरेसनले आफ्नो लोकप्रिय साना व्यवसायिक विमान होन्डा जेट एलिट २ (HondaJet Elite II ) को नयाँमोडल सार्वजनिक गर्ने भएको छ । यो...