सोमवार, मंसिर ८, २०८३

सोमवार, मंसिर ८, २०८३

कतारस्थित नेपाल बिजनेस एसोसिएसनले नेपालमा लगानी गर्न चाइनिज बिजनेस काउन्सिल र बैंक अफ चाइनालाईआग्रह

काठमाडौँ — कतारस्थित नेपाल बिजनेस एसोसिएसनले नेपालमा लगानी गर्न चाइनिज बिजनेस काउन्सिल र बैंक अफ चाइनालाईआग्रह गरेको छ । एसोसिएसनका अध्यक्ष महेन्द्र चौलागाईंको टोलीले चाइनिज बिजनेस काउन्सिल र बैंक अफ चाइनासँग दोहामाभएको संयुक्त बैठकमा नेपालमा लगानी गर्न आग्रह गरेको हो । चाइनिज बिजनेस काउन्सिलमा कतारमा लगानी गर्दै आएका चाइनिजब्यापारीहरु आबद्ध छन् ।

‘नेपालमा विदेशी लगानीकर्ताको लागि धेरै अवसर छ । नेपाल सरकारले पनि लगानी गर्न विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने नीतिछ’, चाैलागाईंले बैठकमा भने,‘लगानीलाई सहजीकरण गर्न नेपाली व्यावसायीले सहयोग गर्नेछौं ।’ कतारले नेपाली व्यवसायीकोसंगठित संस्था नेपाल विजनेस एसोसिएसनलाई वैधता दिएपछि विदेशी लगानीकर्ताहरुसँग पहलकदमी गर्न सुरु भएको चौलागाईंलेबताए । कतारमा झन्डै ५ सय नेपालीहरु विभिन्न व्यवसायमा आबद्ध छन् ।

चौलागाईंका अनुसार एसोसिएसनले नेपालमा लगानी हुनसक्ने सम्भावित क्षेत्रबारे विदेशी लगानीकर्तालाई जानकारी दिन थालिएकोछ । ‘हामीले कतारमा लगानी गरिरहेका भारतीय व्यवसायी, कतार फाइनान्सियल सेन्टर, कतार चेम्बर अफ कर्मससँग छलफलचलाइरहेका छौं’, उनले भने,‘उनीहरु नेपालका ठूला आयोजनाहरुमा लगानी गर्न इच्छुक देखिएका छन् ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

कोभिड यता ३ लाख पर्यटक नेपाल भित्रिए

कोभिडयता कै सबैभन्दा बढी करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटक हवाइमार्गबाट आएको नेपाल पर्यटन बोर्डको...

जीवन चलाउनेको मस्टा ग्रुपले गर्यो २ अर्ब बढीको कारोबार

काठमाडौं – खाद्यान्न आयात र ट्रेडिङमा सक्रिय मस्टा ग्रुप प्रालिको कारोबारमा उछाल देखिएको छ। कम्पनीले चामल, गेडागुडी, मकै, गहुँ तथा अन्य खाद्यान्नको व्यापार गर्छ।...

एप्पल विश्वको सबैभन्दा मूल्यवान ब्राण्ड

एप्पल सन् २०२२ मा विश्वको सबैभन्दा बढी मूल्यवान ब्राण्ड हुन सफल भएको छ । ब्राण्ड डाइरेक्टरीको रिपोर्ट अनुसार विश्वभरका ५०० कम्पनी मध्ये सन् २०२२...

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...