सोमवार, अशोज १९, २०८३

सोमवार, अशोज १९, २०८३

बार्सिलोनाको शानदार जित

स्पेनिस ला लिगामा इल्चेमाथि चार-शून्यको सानदार जित हात पारेको छ । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले दुई तथा अन्सु फाती र फेरान टोरेसले एक-एक गोल गर्नुभयो । खेलको २०औँ मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले अग्रता लियो । ५६औँ मिनेटमा अन्सु फातीले दोस्रो र ६६औँ मिनेटमा लेवान्डोस्कीले तेस्रो गोल गर्नुभयो । यस्तै, ७०औँ मिनेटमा फेरान टोरेसले चौथो गोल गर्दै बार्सिलोनालाई चार-शून्यको सहज जित दिलाउनुभयो ।

यस जितसँगै बार्सिलोनाले रियल म्याड्रिडलाई १५ अंकले पछि पारेको छ । बार्सिलोनाको २७ खेलबाट ७१ अंक पुगेको छ । एक खेल कम खेलेको रियलको ५६ अंक छ । पराजित इल्चे १३ अंक जोडेर पुछारमा छ ।

यस्तै, बोरुसिया डर्टमुण्डमाथि चार-दुईको जित हात पार्दै बायर्न म्युनिख शीर्षस्थानमा फर्किएको छ । बायर्नको जितमा थोमस मुलरले दुई तथा किङ्सले कोमानले एक गोल गर्नुभयो । डर्टमुण्डका इम्री क्यान र डोनेल मालेनले गोल फर्काउनुभयो ।

खेलको १३औँ मिनेटमा गोलरक्षक ग्रेगर कोवेलको आत्मघाती गोलबाट बायर्नले अग्रता लियो । १८औँ मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पार्नुभयो । २३औँ मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्नुभयो । ५०औँ मिनेटमा किङ्सले कोमानले गोल गर्दै बायर्नलाई चार–शून्यले अघि बढाउनुभयो ।

त्यसपछि डर्टमुण्डले दुई गोल फर्कायो । ७२औँ मिनेटमा इम्री क्यानले पेनाल्टीमा र इन्जुरी समयमा डोनेल मालेनले राफयल गुरेइरोको पासमा गोल गर्दै खेललाई चार-दुईको स्थितिमा टुंग्याउनुभयो । जितसँगै शीर्षस्थानमा उक्लिएको बायर्नको २६ खेलबाट ५५ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा झरेको डर्टमुण्डको ५३ अंक छ । एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

मंसिरमा तीनै तहको निर्वाचन एकैपटक गर्ने सत्ता गठबन्धनको निष्कर्ष

काठमाण्डौं । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वर्ष निर्वाचन हुने भएकाले पूर्वतयारी थाल्न सम्बन्धित निकायलाई निर्देशन दिए लगत्तै बसेको सत्ता गठबन्धनले तीनै...

सहयोग नपाए लाखौं अफगान नागरिक मृत्युको मुखमा पर्ने राष्ट्रसंघको चेतावनी

संयुक्त राष्ट्रसंघले तत्कालै सहयोग नपाए अफगानिस्तानका लाखौं नागरिक मृत्युको मुखमा पर्न सक्ने चेतावनी दिएको छ। बिहीबार अफगानिस्तानबारे चेतावनी जारी गर्दै राष्ट्रसंघले अफगानिस्तानको रोक्का गरिएको सम्पत्ति...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

राखेपको कार्यकारी अधिकार थापालाई

  काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कुलबहादुर थापालाई राखेपका सदस्य–सचिवको अनुपस्थितिमा सदस्य–सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक...