शनिबार, कार्तिक २२, २०८३

शनिबार, कार्तिक २२, २०८३

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ ।

आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालले विज्ञप्ति ohoo जारी गरी कांग्रेस नेतृ देउवाको नाम जोडेर सामाजिक सञ्जालमार्फत सार्वजनिकभएको अडियोमा ठगी तथा संगठित अपराध कसुर मुद्दामा अनुसन्धानमा रहेका तुलसीपुर उपमहानगरपालिका(१६ का ३४ वर्षीय सन्देशशर्माको आवाजसँग मेल खाएको बताएको छ ।

कांग्रेस नेतृ देउवाले नक्कली शरणार्थी ठगी प्रकरणमा पैसा लिएको भनेर आफ्नो नाम जोड्दै फेक अडियो सार्वजनिक भएको भन्दैछानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै गत २७ वैशाखमा प्रहरीको साइबर ब्युरोमा निवेदन दिनुभएको थियो ।

अडियोमा बोल्ने व्यक्ति सन्देश शर्मा नै भएको प्रहरीले जनाएको छ । यसअघि राणाले वैशाख २ गते आफ्नो नाम जोडिएपछि साइबरब्युरोमा उजुरी दिनुभएको थियो।

सन्देश शर्माको आवाज भएको निर्क्योल लागेपनि त्यो अडियो कहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाईपत्राचार भएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार टिकटकमा कसले सुरुमा राखेको भन्नेविषयमा टिकटक सिंगापुरलाई पत्राचार गरिए पनि थप विवरण प्राप्त भइनसकेको

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

कुवेतमा नेपाली मौलिक संस्कृति झल्काउने स्टल

दोहा । कुवेतको सांस्कृतिक र मनोरञ्जन कार्यक्रममा नेपाली मौलिक संस्कृति झल्काउने सामग्रीको स्टल राखिएको छ । कुवेतको स्वतन्त्रता तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्थानीय डीनरी...

एनआरएनए जापानको निर्वाचन समिति र छानविन समितिविच फेरी विवाद

टोकियो। एनआरएनए जापानमा निर्वाचनका लागि गठन गरिएको निर्वाचन समिति र निर्वाचनको निष्पक्षताबारे अध्ययन (छानविन) गर्न बनेको समिक्षा समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको...

अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह-भीम रावल

काठमाडौं । एमाले नेता भीम रावलले अहिले सरकारले अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह हुनेबताउनुभएकाे छ । हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई...