शुक्रबार, साउन १, २०८३

शुक्रबार, साउन १, २०८३

तत्काल कुनै पनि परीक्षा स्थगन हुँदैन, हल्लाको पछि नलागौँ : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले तत्काल कुनै पनि परीक्षा स्थगन नहुने स्पष्ट पारेका छन्। सामाजिक संजालमा कोभिड–१९को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा संचालन हुने परीक्षाहरु स्थगन हुन सक्ने र बैकल्पिक विधिबाट परीक्षा लिने सुझाव प्रस्ताव शिक्षा मन्त्रालयमा लाने भनाईलाई लिएर परीक्षा स्थगनको हल्ला चलेपछि उनले आफूले त्यस्तो नभनेको स्पष्ट पारेका हुन्।  

राज्यमन्त्री श्रेष्ठले कोभिडको संक्रमण बढ्दै गएकोले परीक्षार्थीहरुलाई परीक्षा अगावै खोपको ब्यवस्था गर्न मन्त्रालय लागि परेको जनाए। ‘संक्रमण धेरै बढ्दै गएमा शिक्षा मन्त्रालय र सिसिएमसीसँग छलफल गरी बैकल्पिक विधिबाट परीक्षा लिनेबारे प्रस्ताव गर्ने भनेको हुँ,‘ मन्त्री श्रेष्ठले भने, ‘हाल कुनै पनि परीक्षा स्थगन गर्ने निर्णय भएकै छैन।’ उनले थपे, ‘परीक्षा तोकिएकै समय हुन्छ। परीक्षार्थीलाई खोपको ब्यवस्थापन गर्न मन्त्रालय लागि परेको छ।’ 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले हालसम्म कक्षा १२ को कुनै पनि परीक्षामा फेरबदल नभएको स्पष्ट पारेका छन्।  

‘कक्षा १२ को परीक्षाको सबै तयारी भएर परीक्षा केन्द्रहरुका केन्द्राध्यक्षलाई परीक्षा संचालन र ब्यवस्थापनबारे अभिमुखिकरण समेत गरिएको छ,’ अध्यक्ष पौडेलले  भने, ‘परीक्षा स्थगनको हल्लाको पछाडी कोही नलाग्नु।’ उनले थपे, ‘परीक्षाबारे निर्णय लिने अधिकार बोर्ड र विश्वविद्यालयहरुलाई मात्र हुन्छ। मन्त्रिपरिषदकाे निर्णय चाहिन्छ।’ कक्षा १२ का परीक्षा नियन्त्रक कृष्ण शर्माले भने आफू प्रश्नपत्रको तयारीमा जुटेको बताए।

‘नेताहरुले जुलुस, आन्दोलन र भिडभाड गर्न मिल्ने तर बोर्डले परीक्षा केन्द्र तोकेर होमसेन्टरनै बनाएर स्वास्थ्य सुरक्षाको सबै मापदन्ड अपनाएर परीक्षा लिन किन नमिल्ने?,’  उनले प्रश्न गर्दै भने, ‘अब सरकारले सबै परीक्षार्थीहरुलाई खोपको ब्यवस्था गरेर परीक्षामा सहभागी गराउनु पर्छ।’ उनले थपे, ‘कोभिड र अन्तरिक मूल्यांकनको शैक्षिक प्रमाणपत्र विश्वमा कतै विक्दैन। कक्षा १२ भनेको विश्वविद्यालय प्रवेशको मुख्य गेट हो।’ उनका अनुसार यस पटक कक्षा १२ का पौने पाँच लाख विद्यार्थीहरूले परीक्षामा सहभागिता जनाउँदै छन्। 

बोर्डले दुर्गमका प्रश्नपत्र ढुवानी गर्ने तयारी गरिरहको छ। सुगममा भने इमेलबाटै परीक्षाकै दिन प्रश्नपत्र पठाइने उनले बताए। साभारः नागरिक न्यूज

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

मोरक्कोलाई साकिराको बधाई

दोहा/विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन्। शनिबार राति भएकोक्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ। जारी...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...

सुदूरपश्चिमेली समाज जापानको अधिवेशन सम्पन्न, विकास रोकाया अध्यक्षमा सर्वसम्मत निर्वाचित

सुदूरपश्चिमेली समाज जापानको सातौ अधिवेशन आइतबार टोकियोमा सम्पन्न्न भयो ।अधिवेशनले बिकास कुमार रोकायालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । रोकायाको अध्यक्षतामा ९ सदस्यिय कार्यसमितिको गठन...

विदेशीलाई क्यानाडाको भिषा प्रक्रिया सहज बनाईदै

अन्टारियो। अन्य मुलुकबाट क्यानाडा आउनका लागि सञ्चालित कार्यक्रम ‘फेमिली क्लास इमिग्रेसन’ मा सुधार गरिने भएको छ।यसअन्तर्गतको प्रक्रियालाई अझ सहज बनाएर सुधार गरिने भएको हो। क्यानाडाका...