बिहिबार, बैशाख १८, २०८२

बिहिबार, बैशाख १८, २०८२

तत्काल कुनै पनि परीक्षा स्थगन हुँदैन, हल्लाको पछि नलागौँ : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले तत्काल कुनै पनि परीक्षा स्थगन नहुने स्पष्ट पारेका छन्। सामाजिक संजालमा कोभिड–१९को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा संचालन हुने परीक्षाहरु स्थगन हुन सक्ने र बैकल्पिक विधिबाट परीक्षा लिने सुझाव प्रस्ताव शिक्षा मन्त्रालयमा लाने भनाईलाई लिएर परीक्षा स्थगनको हल्ला चलेपछि उनले आफूले त्यस्तो नभनेको स्पष्ट पारेका हुन्।  

राज्यमन्त्री श्रेष्ठले कोभिडको संक्रमण बढ्दै गएकोले परीक्षार्थीहरुलाई परीक्षा अगावै खोपको ब्यवस्था गर्न मन्त्रालय लागि परेको जनाए। ‘संक्रमण धेरै बढ्दै गएमा शिक्षा मन्त्रालय र सिसिएमसीसँग छलफल गरी बैकल्पिक विधिबाट परीक्षा लिनेबारे प्रस्ताव गर्ने भनेको हुँ,‘ मन्त्री श्रेष्ठले भने, ‘हाल कुनै पनि परीक्षा स्थगन गर्ने निर्णय भएकै छैन।’ उनले थपे, ‘परीक्षा तोकिएकै समय हुन्छ। परीक्षार्थीलाई खोपको ब्यवस्थापन गर्न मन्त्रालय लागि परेको छ।’ 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले हालसम्म कक्षा १२ को कुनै पनि परीक्षामा फेरबदल नभएको स्पष्ट पारेका छन्।  

‘कक्षा १२ को परीक्षाको सबै तयारी भएर परीक्षा केन्द्रहरुका केन्द्राध्यक्षलाई परीक्षा संचालन र ब्यवस्थापनबारे अभिमुखिकरण समेत गरिएको छ,’ अध्यक्ष पौडेलले  भने, ‘परीक्षा स्थगनको हल्लाको पछाडी कोही नलाग्नु।’ उनले थपे, ‘परीक्षाबारे निर्णय लिने अधिकार बोर्ड र विश्वविद्यालयहरुलाई मात्र हुन्छ। मन्त्रिपरिषदकाे निर्णय चाहिन्छ।’ कक्षा १२ का परीक्षा नियन्त्रक कृष्ण शर्माले भने आफू प्रश्नपत्रको तयारीमा जुटेको बताए।

‘नेताहरुले जुलुस, आन्दोलन र भिडभाड गर्न मिल्ने तर बोर्डले परीक्षा केन्द्र तोकेर होमसेन्टरनै बनाएर स्वास्थ्य सुरक्षाको सबै मापदन्ड अपनाएर परीक्षा लिन किन नमिल्ने?,’  उनले प्रश्न गर्दै भने, ‘अब सरकारले सबै परीक्षार्थीहरुलाई खोपको ब्यवस्था गरेर परीक्षामा सहभागी गराउनु पर्छ।’ उनले थपे, ‘कोभिड र अन्तरिक मूल्यांकनको शैक्षिक प्रमाणपत्र विश्वमा कतै विक्दैन। कक्षा १२ भनेको विश्वविद्यालय प्रवेशको मुख्य गेट हो।’ उनका अनुसार यस पटक कक्षा १२ का पौने पाँच लाख विद्यार्थीहरूले परीक्षामा सहभागिता जनाउँदै छन्। 

बोर्डले दुर्गमका प्रश्नपत्र ढुवानी गर्ने तयारी गरिरहको छ। सुगममा भने इमेलबाटै परीक्षाकै दिन प्रश्नपत्र पठाइने उनले बताए। साभारः नागरिक न्यूज

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

शिक्षामन्त्रीको उपस्थितिमा शान्ति शिक्षा मन्दिरको अत्याधुनिक भवन हस्तान्तरण

काठमाडौं । काठमाडौंको मुटु ठहिटीस्थित शान्ति शिक्षा मन्दिर माविको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कम्पनीले भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण...

बुद्धका शिक्षाबाट माओवादी प्रभावित:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बुद्धका शिक्षाबाट आफूहरू प्रभावित भएको बताएका छन्।  लुम्‍बिनीमा आयोजित  २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० का अवसरमा सम्बोधन...

साउदीमा सन्तबहादुरलाई मृत्यूदण्ड

काठमाडौँ — ‘थाहा छैन जिन्दगीमा कुन दिन अन्तिम हुन्छ । रात अन्तिम हुन्छ । मेरो–मेरो भन्दाभन्दै भेटघाट अन्तिम हुन्छ ।’ गीतकार महेश आचार्यका यी शब्दजस्तै पर्वतका सन्तबहादुर पुनलाई थाहा थिएन,...