मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनासाथ मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौँ । सत्ता गठबन्धनका नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको छलफलले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनासाथ मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालयको भागबण्डा र मन्त्रिपपरिषद् विस्तारलगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल गरेका थिए ।

बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनसाथ मन्त्रिपरिषद् विस्तार हुने बताए । कार्यक्रमलाई अन्तिम टुंगो दिन कार्यदलको बैठक मंगलबार बिहान पनि बोलाइएको छ । ‘कार्यक्रम कहिले सार्वजनिक गर्ने भन्ने तय भएको छैन । अब चाँडै नै हुन्छ,’ खड्काले भने, ‘त्यसलगतै मन्त्रिपरिषद् विस्तार गर्ने योजना छ ।’ 

नेताहरुले एमालेको नेपाल पक्ष सहभागी हुँदा र नहुँदाको दुवै अवस्थामा मन्त्रालय कसरी भागबण्डा गर्ने भन्ने विषयमासमेत छलफल गरेका छन् । कार्यदलले मन्त्रालयको भागबण्डाको मापदण्ड र संख्या निर्धारण गरिएको सुझाव गठबन्धन दलका शीर्ष नेताहरुलाई दिएको छ । त्यसैको आधारमा छलफल भएपनि एमालेभित्रको एकताले लिने मोडबारे अनिश्चिय भएकाले निर्णय भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

मकवानपुरबाट सात हजार परीक्षार्थीले एसईई दिने

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षा शुक्रबारबाट सुरु हुँदै छ । कोभिड महामारीका कारण गत दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा...