बुधबार, साउन २७, २०८३

बुधबार, साउन २७, २०८३

न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनासाथ मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौँ । सत्ता गठबन्धनका नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको छलफलले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनासाथ मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालयको भागबण्डा र मन्त्रिपपरिषद् विस्तारलगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल गरेका थिए ।

बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनसाथ मन्त्रिपरिषद् विस्तार हुने बताए । कार्यक्रमलाई अन्तिम टुंगो दिन कार्यदलको बैठक मंगलबार बिहान पनि बोलाइएको छ । ‘कार्यक्रम कहिले सार्वजनिक गर्ने भन्ने तय भएको छैन । अब चाँडै नै हुन्छ,’ खड्काले भने, ‘त्यसलगतै मन्त्रिपरिषद् विस्तार गर्ने योजना छ ।’ 

नेताहरुले एमालेको नेपाल पक्ष सहभागी हुँदा र नहुँदाको दुवै अवस्थामा मन्त्रालय कसरी भागबण्डा गर्ने भन्ने विषयमासमेत छलफल गरेका छन् । कार्यदलले मन्त्रालयको भागबण्डाको मापदण्ड र संख्या निर्धारण गरिएको सुझाव गठबन्धन दलका शीर्ष नेताहरुलाई दिएको छ । त्यसैको आधारमा छलफल भएपनि एमालेभित्रको एकताले लिने मोडबारे अनिश्चिय भएकाले निर्णय भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...