मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

नेता झलनाथ खनालको मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको मृगाैला प्रत्यारोपण सम्पन्न भएको छ । भारतको नयाँ दिल्लीस्थित एपाेलाे अस्पतालमा बुधबार विहान मृगाैला प्रत्यारोपण गरिएको उहाँको स्वकीय सचिव कृष्ण भट्टराईले बताउनुभयो ।

यसअघिसम्म नेता खनालको उपचार डा. अखिल मिश्रको नेतृत्वमा भइरहेको थियो । सचिवालयले दिएको जानकारीअनुसार डा. कन्दिप गुलेरियाको नेतृत्वमा खटिएको चिकित्सकको समूहले नेता खनालको मृगाैला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको स्वकीय सचिव भट्टराईले जानकारी दिनुभयो ।

नेता खनाल केही समय अस्पतालमै अराम गर्नुभई नेपाल फर्किने तयारी गर्नुभएको भट्टराईले बताउनुभयो । उहाँको स्वास्थ्यप्रति चिन्ता र चासो राख्नुहुने सबैमा सचिवालय धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...

जिल्ला प्रशासन कार्यालय बाँकेले गर्यो सेवा बन्द

जिल्ला प्रशासन कार्यालय बाँकेले अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै भोलि मंगलबारदेखि कार्यालय बन्द रहने जनाएको हो...

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

मकवानपुरबाट सात हजार परीक्षार्थीले एसईई दिने

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षा शुक्रबारबाट सुरु हुँदै छ । कोभिड महामारीका कारण गत दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा...