बुधबार, साउन २७, २०८३

बुधबार, साउन २७, २०८३

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको हो ।

प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गरी साउन २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरिएको सूचनामा उल्लेख छ ।

मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहित एक चौथाइ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएको थिए ।

यसअघि लुम्बिनीका विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनर्मोचाले दुई पटक अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् । मुख्यमन्त्री पोखरेलविरुद्ध  वैशाख ६ गते पहिलोपटक अविश्वासको प्रस्ताव दर्ता भएको थियो । त्यसैगरी दोस्रो पटक वैशाख २६ गते पुनः अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

कोभिड यता ३ लाख पर्यटक नेपाल भित्रिए

कोभिडयता कै सबैभन्दा बढी करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटक हवाइमार्गबाट आएको नेपाल पर्यटन बोर्डको...