सोमवार, बैशाख २९, २०८२

सोमवार, बैशाख २९, २०८२

जापानकी राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गर्ने

जापानकी राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गर्न करिब १५ करोड (नेपाली रुपैयाँ) सहित दरबारबाट पाउने सुविधा त्याग्न तयारभएकी छन् । यसअघि इंगेजमेन्ट भइसकेका प्रेमी तथा कलेज क्लासमेटसँग विवाह गर्न उनले यस्तो निर्णय गरेकी हुन् ।

२९ वर्षीया राजकुमारी माको जापानका तत्कालीन शासक अकिहितोकी नातिनी हुन् । उनले २०१७ मा प्रेमी केइ कुमारोसँग इंगेजमेन्टगरेको घोषणा गरेकी थिइन् । तर पछिल्लो वर्ष उनीहरुले विवाह ढिला हुने प्रतिक्रिया दिएका थिए । उनीहरुले भविष्यको योजना तयारीगर्न आफूहरुलाई केही समय लाग्ने भन्दै छिट्टै विवाह गर्नेबारे पुनर्विचार गरेको बताएका थिए ।

तयारीको कमी भन्दै उनीहरुले इंगेजमेन्टपछि पनि विवाहका लागि ढिलाइ गरेका थिए । जापानको कानून अनुसार राजपरिवारकासदस्यले आम व्यक्तिसँग विवाह गर्दा राजपरिवारको सुविधा तथा हैसियत त्याग्नुपर्ने प्रावधान छ ।

जापानी मिडियाका अनुसार राजकुमारी माकोले राजपरिवारको सुविधा त्याग्दै आम पुरुषसँग विवाहका लागि अनुमति पाएकी छन् ।यद्यपि उनको यस्तो निर्णयलाई लिएर राजकुमारी माकोसँगै उनका प्रेमी समेत आम नागरिकमाझ आलोचित बनेका छन् । जापानीसञ्चारमाध्यम एनएचकेका अनुसार उनीहरुको विवाह आगामी अक्टोबरमा घोषणा हुँदैछ ।

 आफ्ना प्रेमीसँग विवाह गर्न करिब १५ करोड (नेपाली रुपैयाँ) सहित दरबारबाट पाउने सुविधा त्याग्न तयारभएकी छन् । यसअघि इंगेजमेन्ट भइसकेका प्रेमी तथा कलेज क्लासमेटसँग विवाह गर्न उनले यस्तो निर्णय गरेकी हुन् ।

२९ वर्षीया राजकुमारी माको जापानका तत्कालीन शासक अकिहितोकी नातिनी हुन् । उनले २०१७ मा प्रेमी केइ कुमारोसँग इंगेजमेन्टगरेको घोषणा गरेकी थिइन् । तर पछिल्लो वर्ष उनीहरुले विवाह ढिला हुने प्रतिक्रिया दिएका थिए । उनीहरुले भविष्यको योजना तयारीगर्न आफूहरुलाई केही समय लाग्ने भन्दै छिट्टै विवाह गर्नेबारे पुनर्विचार गरेको बताएका थिए ।

तयारीको कमी भन्दै उनीहरुले इंगेजमेन्टपछि पनि विवाहका लागि ढिलाइ गरेका थिए । जापानको कानून अनुसार राजपरिवारकासदस्यले आम व्यक्तिसँग विवाह गर्दा राजपरिवारको सुविधा तथा हैसियत त्याग्नुपर्ने प्रावधान छ ।

जापानी मिडियाका अनुसार राजकुमारी माकोले राजपरिवारको सुविधा त्याग्दै आम पुरुषसँग विवाहका लागि अनुमति पाएकी छन् ।यद्यपि उनको यस्तो निर्णयलाई लिएर राजकुमारी माकोसँगै उनका प्रेमी समेत आम नागरिकमाझ आलोचित बनेका छन् । जापानीसञ्चारमाध्यम एनएचकेका अनुसार उनीहरुको विवाह आगामी अक्टोबरमा घोषणा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

शिक्षामन्त्रीको उपस्थितिमा शान्ति शिक्षा मन्दिरको अत्याधुनिक भवन हस्तान्तरण

काठमाडौं । काठमाडौंको मुटु ठहिटीस्थित शान्ति शिक्षा मन्दिर माविको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कम्पनीले भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण...

सरकार र मेडिकल सञ्चालकबीच पाँच बुँदे सहमति

काठमाडौँ । सरकार र मेडिकल कलेज सञ्चालकबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ । एमबीबीएस लगायतका स्नातक तहमा अध्ययनरत विद्यार्थीले सुनील शर्माको केएमसी र...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...