सरकारले संसद बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ पेश गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दलित आयोगको प्रतिवदेन पेश गरेका हुन्।
मंगलबारको संसद बैठक सुरु हुनासाथ एमाले सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरे। एमालेले कारवाही गरेका १४ सांसदको नाम सार्वजनिक नगरेको भन्दै एमाले सांसदहरुले संसद अवरुद्ध गर्दै आएका हुन्।
कारवाही गरेका सांसदहरुको नाम सार्वजनिक नगरेको भन्दै नेकपा अध्यक्ष केपी शर्मा ओलीले सभामुखविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। सो रिट सर्वोच्चमा विचाराधिन अवस्थामा छ।अब अर्को बैठक असोज २२ गते दिउँसो १ बजे बस्नेछ।