बिहिबार, साउन २८, २०८३

बिहिबार, साउन २८, २०८३

कांग्रेसको क्रियाशील सदस्यता विवादको विषयलाई लिएर नेताहरुबीच चर्काचर्की

 कांग्रेसको क्रियाशील सदस्यता विवादको विषयलाई लिएर नेताहरुबीच चर्काचर्की परेको छ । सभापति एवम् प्रधानमन्त्रीशेरबहादुर देउवाले शीर्ष नेताहरुलाई मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न बालुवाटार बोलाएका थिए । तर, वरिष्ठ नेता रामचन्द्रपौडेल, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले क्रियाशील सदस्यताको विषय उठाएपछि नेताहरुबीच चर्काचर्कीपरेको हो ।

नेताहरुको चर्काचर्कीले साँझको चिसोमा पनि बालुवाटार निकै गर्माएको थियो । ‘पार्टी कार्यालयमा कोही ८० दिनदेखि रिले अनशनमाछन्, कोही आमरण अनशनमा छन् । दसैं आएको छ । चिसो बढेको छ,’ बैठकमा वरिष्ठ नेता पौडेलले प्रश्न गरेका थिए, ‘ती सिनियरसाथीहरुको जीवनरक्षा गर्नुपर्छ कि पर्दैन ?’

पूर्वमहामन्त्री सिंहले पनि त्यही विषयमा देउवाको ध्यानाकर्षण गराएका थिए । ‘दसैंको बेला मान्छेलाई अनशन बसाइरहने कि मागसम्बोधन गरेर कार्यकर्तालाई घर पठाउने ? यो त सभापतिको जिम्मेवारी हो नि ?,’ नेता सिंहले भनेका थिए । तर, सभापति देउवाले गाह्रोअवस्था भए ‘अस्पताल लैजाऊ’ जवाफ दिए । त्यसपछि भने नेताहरुबीच चर्काचर्की पर्‍यो । ‘एकले अर्कालाई आरोप-प्रत्यारोप चल्यो ।कमै बोल्ने महामन्त्री शशांक कोइरालाले पनि आज क्रियाशील सदस्यताको समस्या सुल्झाउन सभापतिलाई दबाब दिनुभयो,’ बैठकपछिएक नेताले भने ।

देउवाले राजनीतिक माग राखेर अनशन बसेका कार्यकर्तालाई अस्पताल लगेर बचाउन भनेपछि नेताहरुबीच चर्काचर्की परेको ती नेतालेबताए । त्यसपछि सभापति देउवाले मुख्य सचिव कृष्णप्रसाद पौडेललाई बोलाएर बिहीबारै क्रियाशील सदस्यता विवादको विषयलाईटुंगोमा पुर्‍याउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...