कांग्रेसको क्रियाशील सदस्यता विवादको विषयलाई लिएर नेताहरुबीच चर्काचर्की परेको छ । सभापति एवम् प्रधानमन्त्रीशेरबहादुर देउवाले शीर्ष नेताहरुलाई मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न बालुवाटार बोलाएका थिए । तर, वरिष्ठ नेता रामचन्द्रपौडेल, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले क्रियाशील सदस्यताको विषय उठाएपछि नेताहरुबीच चर्काचर्कीपरेको हो ।
नेताहरुको चर्काचर्कीले साँझको चिसोमा पनि बालुवाटार निकै गर्माएको थियो । ‘पार्टी कार्यालयमा कोही ८० दिनदेखि रिले अनशनमाछन्, कोही आमरण अनशनमा छन् । दसैं आएको छ । चिसो बढेको छ,’ बैठकमा वरिष्ठ नेता पौडेलले प्रश्न गरेका थिए, ‘ती सिनियरसाथीहरुको जीवनरक्षा गर्नुपर्छ कि पर्दैन ?’
पूर्वमहामन्त्री सिंहले पनि त्यही विषयमा देउवाको ध्यानाकर्षण गराएका थिए । ‘दसैंको बेला मान्छेलाई अनशन बसाइरहने कि मागसम्बोधन गरेर कार्यकर्तालाई घर पठाउने ? यो त सभापतिको जिम्मेवारी हो नि ?,’ नेता सिंहले भनेका थिए । तर, सभापति देउवाले गाह्रोअवस्था भए ‘अस्पताल लैजाऊ’ जवाफ दिए । त्यसपछि भने नेताहरुबीच चर्काचर्की पर्यो । ‘एकले अर्कालाई आरोप-प्रत्यारोप चल्यो ।कमै बोल्ने महामन्त्री शशांक कोइरालाले पनि आज क्रियाशील सदस्यताको समस्या सुल्झाउन सभापतिलाई दबाब दिनुभयो,’ बैठकपछिएक नेताले भने ।
देउवाले राजनीतिक माग राखेर अनशन बसेका कार्यकर्तालाई अस्पताल लगेर बचाउन भनेपछि नेताहरुबीच चर्काचर्की परेको ती नेतालेबताए । त्यसपछि सभापति देउवाले मुख्य सचिव कृष्णप्रसाद पौडेललाई बोलाएर बिहीबारै क्रियाशील सदस्यता विवादको विषयलाईटुंगोमा पुर्याउन निर्देशन दिएका छन् ।