नेपालका ६० जना हिमालआरोहीहरू अमेरिकामा सम्मानित भएका छन् । न्यूयोर्क राज्य सांसद जेनिफर राजकुमारले ती हिमालआरोहीहरूलाई सम्मान गरेकी हुन् । न्यूयोर्कमा आयोजित विशेष समारोहमा आरोहीहरूलाई सम्मानपत्रबाट सम्मान गरिएको हो । सोहीअवसरमा ‘युएस–नेपाल क्लाइम्बर्स एसोशिएसन’ का स्वयंसेवकहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा हिमाल आरोही शेर्पाहरूको अदम्य साहस, त्याग र इमानदारिताको सम्मान गर्दै न्यूयोर्क राज्यको राजधानी आल्बानीमासगरमाथा दिवस मनाइने राज्य सांसद जेनिफरले घोषणा समेत गरिन् । मे २९ लाई राज्य सांसदबाटै सगरमाथा दिवसका रुपमा घोषणागर्न राजकुमारले राज्य संसदमा एक रिजोलुसन पेश गर्दैछिन् । उनले अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई यस वर्ष देखि न्यूयोर्ककोराजधानी आल्बानीमा समेत मनाईने घोषणा गरिन्
कार्यक्रममा नेपाली महावाणिज्यदूत बिष्णुप्रसाद गौतमले सगरमाथा दिवसलाई न्यूयोर्कमा मान्यता दिएकोमा नेपाल सरकारको तर्फबाटधन्यवाद ज्ञापन गरे ।