सोमवार, बैशाख २९, २०८२

सोमवार, बैशाख २९, २०८२

अछाममा जन्ती बोकेर फर्किएको जिप दुर्घटना

अछाममा जन्ती बोकेर फर्किएको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।

आइतबार राति साढे ११ बजे पञ्जदेवल विनायक नगरपालिका वडा नम्बर १ मा विवाहको कार्यक्रमबाट घर फर्कने क्रममा से १ च १७६३नम्बरको गाडी दुर्घटना भएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए ।

दुर्घटनामा परी पञ्चदेवल विनयाक-२ का अन्दाजी १३ वर्षीय जीवन न्यौपाने, अन्दाजी १५ वर्षीय हिमाल नेपाली,अन्दाजी १८ वर्षीय सर्पबोहोरा र पञ्चदेवल विनयाक-३का अन्दाजी १६ वर्षीय जीवन जैसीको मृत्यु भएको अछाम प्रहरीका प्रमुख तुल्सीराम अर्यालले जानकारीदिए । जीप चालक चुपे कुमार प्रहरी नियन्त्रणमा आएको अर्यालले बताए ।

गाडीमा सवार १८ जनामध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको र अर्का १ जनाको उपचारको क्रममा मंगलसेन अस्पतालमा मृत्यु भएकोप्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्थमा गम्भीर भएकाले आइतबार नै नेपालगन्ज रिफर गरिएकोथियो । अन्यकोजिल्लाका अस्पतालमाहरूमा उपचार भइरहेको

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

शिक्षामन्त्रीको उपस्थितिमा शान्ति शिक्षा मन्दिरको अत्याधुनिक भवन हस्तान्तरण

काठमाडौं । काठमाडौंको मुटु ठहिटीस्थित शान्ति शिक्षा मन्दिर माविको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कम्पनीले भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण...

सरकार र मेडिकल सञ्चालकबीच पाँच बुँदे सहमति

काठमाडौँ । सरकार र मेडिकल कलेज सञ्चालकबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ । एमबीबीएस लगायतका स्नातक तहमा अध्ययनरत विद्यार्थीले सुनील शर्माको केएमसी र...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...