बिहिबार, साउन २८, २०८३

बिहिबार, साउन २८, २०८३

नवनियुक्त मन्त्री डोवाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिए

नवनियुक्त मन्त्री डोवाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार बिहान मात्रै विना विभागीय मन्त्रीमानियुक्त भएका विश्वकर्माले साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका हुन् । 

उनलाई कुन मन्त्रालय दिने भन्ने टुंगो नलागिसकेको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जनाए । उनी कांग्रेसका समानुपातिकसांसद हुन् । विश्वकर्मा यसभन्दा अघि पनि मन्त्रीको चर्चामा थिए ।

उनलाई मन्त्री नबनाएको भन्दै चौतर्फी विरोध भएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशसभा अन्तर्गत विधायन समितिको सभापतिबनाउन प्रस्ताव गरेका थिए ।

तर विश्वकर्माले उक्त प्रस्ताव असन्तुष्टि जनाउँदै अस्वीकार गरेका थिए । विश्वकर्माले अहिले पार्टीलाई आवश्यकता परेको र पहिलाअन्याय गरेको महसुस भएकाले आफूलाई मन्त्री बनाएको बताएका छन् ।

मुख्यमन्त्रीले गठबन्धनसँग सल्लाह नगरी मन्त्री नियुक्त गरेकोप्रति असन्तुष्टि जनाउँदै शपथ कार्यक्रममा माओवादी केन्द्र र जनतासमाजवादीका मन्त्रीहरु सहभागी भएनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

पशुपति धर्मशाला समझौता भंग गर्न सिफारिस

काठमाडौँ — नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भंग गर्न छानबिन समितिलेसिफारिस गरेको छ ।  गत पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडासम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्ननिर्देशन दिएको हो । समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको पनि ठहरगरेको छ । त्यस्तै बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र अनुकूल हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएकोदेखिदा मिलेमतोको सम्भावना देखिएको पनि समितिको निष्कर्ष छ । समितिले पेस गरेको प्रतिवेदनमा भनिएको छ, 'धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाकोभित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरुपालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ'

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...