सोमवार, बैशाख २९, २०८२

सोमवार, बैशाख २९, २०८२

जमिन नटेक्ने चरा

वाजस्तै देखिने यो सुन्दर चरा कति राम्रो छ। हलुका हरियो—पहेँलो रंगको हुने भएकाले यसलाई  ‘हरियो चरा’ तथा अंग्रेजीमा ‘ग्रीन पिजन’ भनिन्छ। 

नेपालमा पनि पाइने यो चरा भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान तथा कम्बोडिया र चीनमा पनि देख्न सकिन्छ। यो ट्रेरन फेओनीकोप्टेरा प्रजातिको चरा हो। दुर्लभ प्रजातिमा सूचीकृत यसको मासु नरम हुन्छ। त्यसैले यसको शिकार धेरै हुने गरेको छ। 

यसको आवाज विस्तारै सिट्ठी बजाउँदा निस्किएको जस्तै मधुर सुनिन्छ। कहिलै पनि यसले  जमिनमा टेक्दैन। यदि कुनै बाध्यात्मक कारणले जमिनमा टेक्नुपर्ने भएमा आफ्नो खुट्टामा एउटा काठको टुक्रा वा रुखका साना हाँगाको टुक्रालाई चेपेर मात्रै भुइँमा आउँछ। पानी पिउनका लागि पनि यो जमिनमा आउँदैन। रुखको पातमा जमेको वा शीत परेका ठाउँमा गएर यसले आफ्नो प्यास मेटाउँछ। त्यसैले यो जातका चरा सदावहार जंगलमा बस्न रुचाउँछन्। यो चराको आयु लगभग २६ वर्ष हुन्छ। अग्ला–अग्ला पीपल तथा बरका रुखमा गुँड बनाएर बस्न रुचाउने यो चरालाई घनाजंगल मन पर्छ। यो पूर्णतः शाकाहारी चरा हो। यसले फलफूल तथा टुसा उम्रिएका बिउहरू खान्छ। पाकेको फल खान पाउँदा असाध्यै खुसी हुन्छ। त्यस्तो फल भेट्यो भने खुसी भएर विभिन्न कला देखाउँदै खान्छ। 

यो चरा लजालु स्वभावको हुन्छ। मानिसलाई देख्यो भने लजाएर लुक्न खोज्छ। यदि लुक्न सकेन भने पनि आफ्नो चुच्चो लुकाउन खोज्छ। यसले आफ्नो जीवनकालमा एउटा मात्रै साथी बनाउँछ। र, त्यसैसँग जीवन कटाउँछ। 

यो सामाजिक चरा हो। समूहमा बस्न रुचाउने यिनीहरूको हुल ५ देखि १० वटाको हुन्छ। यिनीहरू प्रायः समूहमै उड्छन्।  यिनीहरूको प्रजनन समय चैत महिनादेखि जेठसम्म हुन्छ। एकपटकमा यसले एक वा दुईवटा अन्डा दिन्छ।  अन्डाको भालेपोथी दुवैले स्याहार गर्छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

शिक्षामन्त्रीको उपस्थितिमा शान्ति शिक्षा मन्दिरको अत्याधुनिक भवन हस्तान्तरण

काठमाडौं । काठमाडौंको मुटु ठहिटीस्थित शान्ति शिक्षा मन्दिर माविको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कम्पनीले भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...