बिहिबार, बैशाख ३१, २०८३

बिहिबार, बैशाख ३१, २०८३

जमिन नटेक्ने चरा

वाजस्तै देखिने यो सुन्दर चरा कति राम्रो छ। हलुका हरियो—पहेँलो रंगको हुने भएकाले यसलाई  ‘हरियो चरा’ तथा अंग्रेजीमा ‘ग्रीन पिजन’ भनिन्छ। 

नेपालमा पनि पाइने यो चरा भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान तथा कम्बोडिया र चीनमा पनि देख्न सकिन्छ। यो ट्रेरन फेओनीकोप्टेरा प्रजातिको चरा हो। दुर्लभ प्रजातिमा सूचीकृत यसको मासु नरम हुन्छ। त्यसैले यसको शिकार धेरै हुने गरेको छ। 

यसको आवाज विस्तारै सिट्ठी बजाउँदा निस्किएको जस्तै मधुर सुनिन्छ। कहिलै पनि यसले  जमिनमा टेक्दैन। यदि कुनै बाध्यात्मक कारणले जमिनमा टेक्नुपर्ने भएमा आफ्नो खुट्टामा एउटा काठको टुक्रा वा रुखका साना हाँगाको टुक्रालाई चेपेर मात्रै भुइँमा आउँछ। पानी पिउनका लागि पनि यो जमिनमा आउँदैन। रुखको पातमा जमेको वा शीत परेका ठाउँमा गएर यसले आफ्नो प्यास मेटाउँछ। त्यसैले यो जातका चरा सदावहार जंगलमा बस्न रुचाउँछन्। यो चराको आयु लगभग २६ वर्ष हुन्छ। अग्ला–अग्ला पीपल तथा बरका रुखमा गुँड बनाएर बस्न रुचाउने यो चरालाई घनाजंगल मन पर्छ। यो पूर्णतः शाकाहारी चरा हो। यसले फलफूल तथा टुसा उम्रिएका बिउहरू खान्छ। पाकेको फल खान पाउँदा असाध्यै खुसी हुन्छ। त्यस्तो फल भेट्यो भने खुसी भएर विभिन्न कला देखाउँदै खान्छ। 

यो चरा लजालु स्वभावको हुन्छ। मानिसलाई देख्यो भने लजाएर लुक्न खोज्छ। यदि लुक्न सकेन भने पनि आफ्नो चुच्चो लुकाउन खोज्छ। यसले आफ्नो जीवनकालमा एउटा मात्रै साथी बनाउँछ। र, त्यसैसँग जीवन कटाउँछ। 

यो सामाजिक चरा हो। समूहमा बस्न रुचाउने यिनीहरूको हुल ५ देखि १० वटाको हुन्छ। यिनीहरू प्रायः समूहमै उड्छन्।  यिनीहरूको प्रजनन समय चैत महिनादेखि जेठसम्म हुन्छ। एकपटकमा यसले एक वा दुईवटा अन्डा दिन्छ।  अन्डाको भालेपोथी दुवैले स्याहार गर्छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

सत्ता गठबन्धनको बैठकबाट चुनावी तालमेल आज टुंगो लगाउने तयारी

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बिहान ११ बजे बस्दैछ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार निर्णायक बैठक मंगलबार बिहानेका...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

मन्त्रीमण्डल विस्तार,लिम्बू,गुरुंग र बस्नेत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना मन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को सिफारिसमा राष्ट्रपति पौडेलले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरूङ,स्वास्थ्य तथा...