जापानी तटनजिक उत्तर कोरियाद्वारा मिसाइल प्रहार गरेको छ । जापान र दक्षिण कोरियाका अधिकारीहरूले दिएकोजानकारीअनुसार उत्तर कोरियाले मंगलबार बिहान पूर्वी तटीय क्षेत्रमा कम्तीमा एउटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ ।
उत्तर कोरियाका विषयमा दक्षिण कोरिया, जापान र अमेरिकाका जासुसी संस्थाका प्रमुखबीच वार्ता हुन गइरहेका बेला मिसाइल प्रहारगरिएको हो ।
अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले लगातार आफ्ना हतियार विकास कार्यक्रमलाई विस्तार गरिरहेको छ । उसले लगातारमिसाइल परीक्षणसमेत गर्दै आएको छ । दक्षिण कोरियाका अनुसार उत्तर कोरियाले हाइपरसोनिक, लामो दूरीको क्रुज मिसाइल र एन्टी-एयरक्राफ्ट हतियारको परीक्षण गरेको छ