मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

जापानकी राजकुमारी माकोले प्रेमी केई कोमुरोसँग विवाह गरिन

काठमाडौँ — जापानकी राजकुमारी माकोले प्रेमी केई कोमुरोसँग विवाह गरेकी छिन् । राजकुमारी माकोले मंगलबार शाही पदवी त्याग्दैकलेजका साथी तथा प्रेमी कोमुरोसँग विवाह गरेकी हुन् ।

स्थानिय समयअनुसार मंगलबार बिहान १० बजे उनीहरूले विवाह दर्ताको फर्म बुझाएका थिए । विवाहपछि माको पनि न्युयोर्क सर्नेबताइएको छ । कोमुरो न्युयोर्कस्थित एक ल फर्ममा काम गर्दै आएका छन् । जापानको राजपरिवारको नियमानुसार सामानयनागरिकसँग विवाह गरेमा शाही पदवी छाड्नुपर्नेछ । 

राजकुमारी माको जापानका तत्कालीन शासक अकिहितोकी नातिनी हुन् । उनले २०१७ मा कुमारोसँग इंगेजमेन्ट गरेको घोषणा गरेकीथिइन् । तर पछिल्लो वर्ष उनीहरुले विवाह ढिला हुने प्रतिक्रिया दिएका थिए । उनीहरुले भविष्यको योजना तयारी गर्न आफूहरुलाई केहीसमय लाग्ने भन्दै छिट्टै विवाह गर्नेबारे पुनर्विचार गरेको बताएका थिए । उनीहरूबीच सन् २०१२ मा टोक्योस्थित इन्टरनेसनल क्रिस्चियनयुनिभर्सिटीमा भेट भएको थियो ।

राजकुमारी माकोले शाही रीतिरिवाजलाई छाड्दै सामान्य रूपमा विवाह गरेकी हुन् । साथै परिवार छाड्दा आउने रकम लिन पनि उनलेअस्वीकार गरिन् । यस्तो गर्ने उनी जापानी राजपरिवारको पहिलो महिला सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

मकवानपुरबाट सात हजार परीक्षार्थीले एसईई दिने

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षा शुक्रबारबाट सुरु हुँदै छ । कोभिड महामारीका कारण गत दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा...