सोमवार, असार १, २०८३

सोमवार, असार १, २०८३

जापानकी राजकुमारी माकोले प्रेमी केई कोमुरोसँग विवाह गरिन

काठमाडौँ — जापानकी राजकुमारी माकोले प्रेमी केई कोमुरोसँग विवाह गरेकी छिन् । राजकुमारी माकोले मंगलबार शाही पदवी त्याग्दैकलेजका साथी तथा प्रेमी कोमुरोसँग विवाह गरेकी हुन् ।

स्थानिय समयअनुसार मंगलबार बिहान १० बजे उनीहरूले विवाह दर्ताको फर्म बुझाएका थिए । विवाहपछि माको पनि न्युयोर्क सर्नेबताइएको छ । कोमुरो न्युयोर्कस्थित एक ल फर्ममा काम गर्दै आएका छन् । जापानको राजपरिवारको नियमानुसार सामानयनागरिकसँग विवाह गरेमा शाही पदवी छाड्नुपर्नेछ । 

राजकुमारी माको जापानका तत्कालीन शासक अकिहितोकी नातिनी हुन् । उनले २०१७ मा कुमारोसँग इंगेजमेन्ट गरेको घोषणा गरेकीथिइन् । तर पछिल्लो वर्ष उनीहरुले विवाह ढिला हुने प्रतिक्रिया दिएका थिए । उनीहरुले भविष्यको योजना तयारी गर्न आफूहरुलाई केहीसमय लाग्ने भन्दै छिट्टै विवाह गर्नेबारे पुनर्विचार गरेको बताएका थिए । उनीहरूबीच सन् २०१२ मा टोक्योस्थित इन्टरनेसनल क्रिस्चियनयुनिभर्सिटीमा भेट भएको थियो ।

राजकुमारी माकोले शाही रीतिरिवाजलाई छाड्दै सामान्य रूपमा विवाह गरेकी हुन् । साथै परिवार छाड्दा आउने रकम लिन पनि उनलेअस्वीकार गरिन् । यस्तो गर्ने उनी जापानी राजपरिवारको पहिलो महिला सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

पत्रकार आचारसंहिता अनुगमन तथा सुधारका लागि बिज्ञ समूहको सुझाव

काठमाडौँ — पत्रकार आचारसंहिता अनुगमन तथा सुधारका लागि प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले सुझावसहितकोप्रतिवेदन बुझाएको छ । असार १९ गते गठित कार्यदलले १० दिनपछि आइतबार...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...