आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

चिनिया राष्ट्रपतिको अमेरिकी राष्ट्रपतिलाई चेतावनी

चिनिया राष्ट्रपति शी जिनपिङले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ताइवानमा स्वतन्त्रताको समर्थन गर्नु आगोसँग खेल्नु सरह भएको चेतावनी दिएका छन् । शी जिनपिङले ‘जसले आगोसँग खेल्छ ऊ जल्छ’ भन्दै चेतावनी दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

त्यस्तै दुई नेताबीच सम्पन्न भएको भर्चुअल बैठकमा शिजियांग र हङ्गकङको विषयमा पनि कुराकानी भएको थियो । बैठकपछि ह्वाइट हाउसले प्रेस वक्तव्य जारी गर्दै अमेरिका एक चीन नीतिमा प्रतिबद्ध भएको जनाएको छ । एक चीन नीति मान्ने देशले ताइवान चीनको हिस्सा भएको मान्यता राख्दछ ।

त्यसोत अघिल्लो महिना मात्र बाइडेनले यदि चीनले ताइवानमाथि हमला गर्छ भने अमेरिकाले ताइवानको बचाउ गर्ने बताएका थिए । उक्त बैठक ताइवान, व्यापार र मानवाधिकारको मुद्दामा जारी तनावबीच भएको हो ।

राष्ट्रपति बाइडेनले आफ्नो प्रतिद्वन्द्तिालाई संघर्षतर्फ जान नदिन दुबै देशको जिम्मेवारी भएको बताएका थिए । चिनियाँ विदेशमन्त्रीका प्रवक्ता हुआ चुनयिङले दुई नेताको वार्ता निकै रचनात्मक र लाभकारी रहेको बताएका छन् । (बीबीसीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्। बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

एनआरएनए जापानको निर्वाचन समिति र छानविन समितिविच फेरी विवाद

टोकियो। एनआरएनए जापानमा निर्वाचनका लागि गठन गरिएको निर्वाचन समिति र निर्वाचनको निष्पक्षताबारे अध्ययन (छानविन) गर्न बनेको समिक्षा समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...