कांग्रेस नेता प्रकाशमान सिंहले मौका पाउँदा पनि काम गर्न नसक्नेलाई पार्टीको नेतृत्व सुम्पिन नहुने बताएका छन् ।‘मजबुत कांग्रेसका लागि नेतृत्व परिवर्तन आवश्यक छ । शेरबहादुर देउवासँग व्यक्तिगत रुपमा मलाई कुनै गुनासो छैन । तर, जनताकोमाग नेतृत्व परिवर्तन हो,’ सिंहले भने, ‘नेतृत्व परिवर्तनले मात्रै पार्टी मजबुत हुन्छ । मौका पाउँदा पनि काम गर्न नसक्नेलाई पटक–पटकनेतृत्व सुम्पिनु हुँदैन ।’
मंगलबार पोखरामा कांग्रेसको कार्यक्रममा बोल्दै नेता सिंहले कम्युनिष्टहरूले कांग्रेसको नेतृत्व कमजोर हुँदाको मौका छोपेर फाइदालिएको बताए । ‘यो महाधिवेशनबाट तल्लो तहदेखि नै पार्टीको संगठनलाई मजबुत बनाउनुपर्छ । मैले काठमाडौं जिल्ला सभापति हुँदादेशकै उत्कृष्ट जिल्ला बनाएको थिएँ,’ सिंहले भने, ‘अहिलेसम्म काठमाडौंको संगठन त्यसैको जगमा उभिएको छ ।’
नेता सिंहले पदमा बसेर काम गर्न नसक्नेलाई जिम्मेवारी दिनु गलत हुने बताए । ‘पदमा बस्ने, काम नगर्ने, अनि मलाई पद चाहियो भनेरसधैं कराइरहने । पार्टीमा यस्तै प्रवृत्ति हाबी भएको छ,’ उनले भने, ‘पार्टी चलाउन जिम्मेवारी लिन्छु भनेर मात्रै हुँदैन, क्षमता चाहिन्छ ।मसँग त्यो क्षमता र अनुभव दुवै छ ।’ नेता सिंहले यो महाधिवेशनमा आफूसभापतिको दाबीबाट पछि नहट्ने बताए ।