बिहिबार, साउन २८, २०८३

बिहिबार, साउन २८, २०८३

मौका पाउँदा पनि काम गर्न नसक्नेलाई पार्टीको नेतृत्व सुम्पिन नहुने-सिंह

कांग्रेस नेता प्रकाशमान सिंहले मौका पाउँदा पनि काम गर्न नसक्नेलाई पार्टीको नेतृत्व सुम्पिन नहुने बताएका छन् ।‘मजबुत कांग्रेसका लागि नेतृत्व परिवर्तन आवश्यक छ । शेरबहादुर देउवासँग व्यक्तिगत रुपमा मलाई कुनै गुनासो छैन । तर, जनताकोमाग नेतृत्व परिवर्तन हो,’ सिंहले भने, ‘नेतृत्व परिवर्तनले मात्रै पार्टी मजबुत हुन्छ । मौका पाउँदा पनि काम गर्न नसक्नेलाई पटक–पटकनेतृत्व सुम्पिनु हुँदैन ।’

मंगलबार पोखरामा कांग्रेसको कार्यक्रममा बोल्दै नेता सिंहले कम्युनिष्टहरूले कांग्रेसको नेतृत्व कमजोर हुँदाको मौका छोपेर फाइदालिएको बताए । ‘यो महाधिवेशनबाट तल्लो तहदेखि नै पार्टीको संगठनलाई मजबुत बनाउनुपर्छ । मैले काठमाडौं जिल्ला सभापति हुँदादेशकै उत्कृष्ट जिल्ला बनाएको थिएँ,’ सिंहले भने, ‘अहिलेसम्म काठमाडौंको संगठन त्यसैको जगमा उभिएको छ ।’

नेता सिंहले पदमा बसेर काम गर्न नसक्नेलाई जिम्मेवारी दिनु गलत हुने बताए । ‘पदमा बस्ने, काम नगर्ने, अनि मलाई पद चाहियो भनेरसधैं कराइरहने । पार्टीमा यस्तै प्रवृत्ति हाबी भएको छ,’ उनले भने, ‘पार्टी चलाउन जिम्मेवारी लिन्छु भनेर मात्रै हुँदैन, क्षमता चाहिन्छ ।मसँग त्यो क्षमता र अनुभव दुवै छ ।’ नेता सिंहले यो महाधिवेशनमा आफूसभापतिको दाबीबाट पछि नहट्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...