ग्रोसरी, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्दै आइरहेको नेचर सुपर मार्केट प्रा.लि. स्थापनाको दोस्रो वर्ष प्रवेश गरेको छ । २०७७ कात्तिक २६ गते काठमाडौंको मैतीदेवीबाट नेचर सुपरमार्केटको व्यावसायिक सुरुवात भएको थियो ।
वार्षिकोत्सवको अवसरमा नेचर सुपर मार्केटले सम्पूर्ण ग्राहक, उपभोक्ता, कर्मचारी, शुभेच्छुक, शुभचिन्तक लगायत सबैमा आभार तथा कृतज्ञता ज्ञापन गरेको छ । प्रा.लि.ले एक वर्षको अवधिमा काठमाडौंका नरेफाँटमा शाखा सञ्चालनमा ल्याइसकेको छ । आगामी दिनमा काठमाडौंका विभिन्न ठाउँमा थप शाखाहरु विस्तार गरिने अध्यक्ष जनकबहादुर धामीले जानकारी दिए ।
एक वर्षको अवधिमा धेरै ग्राहक तथा उपभोक्ताको विश्वास जित्न नेचर सुपर मार्केट सफल रहेको धामीले बताए । ‘आगामी दिनमा अझै परिस्कृत ढंगबाट ग्राहक तथा उपभोक्ताको विश्वास जित्नेगरी काम गर्नेछौं,’ उनले भने ।
सुपर मार्केटमा खाद्यान्न, ग्रोसरी, ग्याँस लगायत दैनिक उपभोग्य बस्तुहरु सुपथ मूल्यमा उपलब्ध रहेको धामीले जानकारी दिए । २ हजार ५ सय रुपैयाँ भन्दा बढीको सामान खरिद गर्ने ग्राहकलाई प्रा.लि.ले निःशुल्क होम डेलिभरी सेवासमेत उपलब्ध गराउँदै आइरहेको छ ।
त्यसैगरी नेचर सुपर मार्केटले वार्षिकोत्सवको अवसरमा ‘विगेष्ट सेभिङ अफर’ ल्याएको छ । कात्तिक २६ गते शुक्रबार लागु हुने गरी प्रा.लि.ले अफर ल्याएको हो । अफर अन्तर्गत २ हजार ८ सय ८० रुपैयाँ पर्ने हरपल चामल २ हजार ३ सय रुपैयाँमा ग्राहकले खरिद गर्न सक्नेछन् । २ सय ७० रुपैयाँ पर्ने निलकमल सनफ्लावर तेल २ सय ४० रुपैयाँमा र २ सय ५० रुपैयाँ पर्ने निलकमल सोयाबिन तेल २ सय ३० रुपैयाँमा खरिद गर्न सकिनेछ । यो छुटबाट धेरैै ग्राहक प्रत्यक्ष लाभान्वित हुने प्रा.लि.ले विश्वास लिएको छ ।