मङ्लबार, साउन २६, २०८३

मङ्लबार, साउन २६, २०८३

नेचर सुपरमार्केट दोश्रो वर्षमा


ग्रोसरी, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्दै आइरहेको नेचर सुपर मार्केट प्रा.लि. स्थापनाको दोस्रो वर्ष प्रवेश गरेको छ । २०७७ कात्तिक २६ गते काठमाडौंको मैतीदेवीबाट नेचर सुपरमार्केटको व्यावसायिक सुरुवात भएको थियो ।

वार्षिकोत्सवको अवसरमा नेचर सुपर मार्केटले सम्पूर्ण ग्राहक, उपभोक्ता, कर्मचारी, शुभेच्छुक, शुभचिन्तक लगायत सबैमा आभार तथा कृतज्ञता ज्ञापन गरेको छ । प्रा.लि.ले एक वर्षको अवधिमा काठमाडौंका नरेफाँटमा शाखा सञ्चालनमा ल्याइसकेको छ । आगामी दिनमा काठमाडौंका विभिन्न ठाउँमा थप शाखाहरु विस्तार गरिने अध्यक्ष जनकबहादुर धामीले जानकारी दिए ।

एक वर्षको अवधिमा धेरै ग्राहक तथा उपभोक्ताको विश्वास जित्न नेचर सुपर मार्केट सफल रहेको धामीले बताए । ‘आगामी दिनमा अझै परिस्कृत ढंगबाट ग्राहक तथा उपभोक्ताको विश्वास जित्नेगरी काम गर्नेछौं,’ उनले भने ।

सुपर मार्केटमा खाद्यान्न, ग्रोसरी, ग्याँस लगायत दैनिक उपभोग्य बस्तुहरु सुपथ मूल्यमा उपलब्ध रहेको धामीले जानकारी दिए । २ हजार ५ सय रुपैयाँ भन्दा बढीको सामान खरिद गर्ने ग्राहकलाई प्रा.लि.ले निःशुल्क होम डेलिभरी सेवासमेत उपलब्ध गराउँदै आइरहेको छ ।

त्यसैगरी नेचर सुपर मार्केटले वार्षिकोत्सवको अवसरमा ‘विगेष्ट सेभिङ अफर’ ल्याएको छ । कात्तिक २६ गते शुक्रबार लागु हुने गरी प्रा.लि.ले अफर ल्याएको हो । अफर अन्तर्गत २ हजार ८ सय ८० रुपैयाँ पर्ने हरपल चामल २ हजार ३ सय रुपैयाँमा ग्राहकले खरिद गर्न सक्नेछन् । २ सय ७० रुपैयाँ पर्ने निलकमल सनफ्लावर तेल २ सय ४० रुपैयाँमा र २ सय ५० रुपैयाँ पर्ने निलकमल सोयाबिन तेल २ सय ३० रुपैयाँमा खरिद गर्न सकिनेछ । यो छुटबाट धेरैै ग्राहक प्रत्यक्ष लाभान्वित हुने प्रा.लि.ले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

पशुपति धर्मशाला समझौता भंग गर्न सिफारिस

काठमाडौँ — नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भंग गर्न छानबिन समितिलेसिफारिस गरेको छ ।  गत पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडासम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्ननिर्देशन दिएको हो । समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको पनि ठहरगरेको छ । त्यस्तै बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र अनुकूल हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएकोदेखिदा मिलेमतोको सम्भावना देखिएको पनि समितिको निष्कर्ष छ । समितिले पेस गरेको प्रतिवेदनमा भनिएको छ, 'धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाकोभित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरुपालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ'

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...