मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

सीमा विवादमा भारतको धारण सार्वजनिक

काठमाडौँ — नेपाली भूमि मिचेर कालापानी क्षेत्रमा सडक बाटो निर्माण गरिरहेको भारतले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ ।काठमाडौंस्थित भारतीय राजदूतावासका प्रवक्ता नवीन कुमारले शनिबार विज्ञप्ति जारी गर्दै उक्त सीमा सम्बन्धमा आफ्नो सरकारकोधारणा यथावत् रहेको प्रष्ट पारेका हुन् ।

कुमारद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘भारत–नेपाल सीमामा भारत सरकारको अडान सर्वविदित, यथावत् र स्पष्ट छ । नेपालसरकारलाई जानकारी गराइसकेको छ ।’

विज्ञप्तीमा भारत सरकारको धारणामा स्थापित अन्तर–सरकारी संयन्त्र र माध्यमहरुबाट सबैभन्दा उपयुक्त रुपमा सञ्चार र संवाद गर्नसकिने उल्लेख गरिएको छ । ‘पारस्परिक रुपमा सहमति भएका जुन सीमा समस्याहरु बाँकी छन् । हाम्रो घनिष्ठ र मैत्रीपूर्ण द्विपक्षीयसम्बन्धको भावनामा आधारित रहेर ती समस्या सधै सम्बोधन गर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

भारतले सन् २०१४ मा नेपालको सुस्ता र कालापानी क्षेत्रको सीमा विवादको लागि समाधान गर्न परराष्ट्र सचिव स्तरीय संयन्त्र मार्फतसीमा विवादको समस्या समाधान गर्नु पर्छ भन्ने अडान राखेको हो । तर नेपालले भारतलाई कूटनीतिक वार्ताको लागि लगातार रुपमाविगत दुई वर्षदेखि पहल गर्दा पनि वार्तामा आउन मानेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

मकवानपुरबाट सात हजार परीक्षार्थीले एसईई दिने

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षा शुक्रबारबाट सुरु हुँदै छ । कोभिड महामारीका कारण गत दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा...