बुधबार, साउन २७, २०८३

बुधबार, साउन २७, २०८३

सीमा विवादमा भारतको धारण सार्वजनिक

काठमाडौँ — नेपाली भूमि मिचेर कालापानी क्षेत्रमा सडक बाटो निर्माण गरिरहेको भारतले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ ।काठमाडौंस्थित भारतीय राजदूतावासका प्रवक्ता नवीन कुमारले शनिबार विज्ञप्ति जारी गर्दै उक्त सीमा सम्बन्धमा आफ्नो सरकारकोधारणा यथावत् रहेको प्रष्ट पारेका हुन् ।

कुमारद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘भारत–नेपाल सीमामा भारत सरकारको अडान सर्वविदित, यथावत् र स्पष्ट छ । नेपालसरकारलाई जानकारी गराइसकेको छ ।’

विज्ञप्तीमा भारत सरकारको धारणामा स्थापित अन्तर–सरकारी संयन्त्र र माध्यमहरुबाट सबैभन्दा उपयुक्त रुपमा सञ्चार र संवाद गर्नसकिने उल्लेख गरिएको छ । ‘पारस्परिक रुपमा सहमति भएका जुन सीमा समस्याहरु बाँकी छन् । हाम्रो घनिष्ठ र मैत्रीपूर्ण द्विपक्षीयसम्बन्धको भावनामा आधारित रहेर ती समस्या सधै सम्बोधन गर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

भारतले सन् २०१४ मा नेपालको सुस्ता र कालापानी क्षेत्रको सीमा विवादको लागि समाधान गर्न परराष्ट्र सचिव स्तरीय संयन्त्र मार्फतसीमा विवादको समस्या समाधान गर्नु पर्छ भन्ने अडान राखेको हो । तर नेपालले भारतलाई कूटनीतिक वार्ताको लागि लगातार रुपमाविगत दुई वर्षदेखि पहल गर्दा पनि वार्तामा आउन मानेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...