काठमाडौँ– भारतीय टेस्ट टिमको कप्तानबाट विराट कोहलीले राजीनामा दिएका छन्।
दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टेस्ट सिरिज गुमाएसँगै कोहलीले टेस्टको कप्तानबाट राजीनामा दिएका हुन्।
कोहलीले राजीनामा दिँदै भने‚ ‘टिमलाई सही दिशा दिन मैले ७ वर्ष देखि दैनिक कडा मेहनत गरेको थिएँ। मैले आफ्नो काम इमान्दारीपूर्वक पूरा गर्न कुनै कसर बाँकी राखिनँ तर जुनसुकै चिजको कुनै न कुनै मोडमा रोकिनु जरुरी हुन्छ। टेस्ट टिमको कप्तानको रूपमा रोकिने समय यो नै उपयुक्त हुने महसुस गरेको छु।’