आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

पशुपति धर्मशाला समझौता भंग गर्न सिफारिस

काठमाडौँ — नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भंग गर्न छानबिन समितिलेसिफारिस गरेको छ । 

गत पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडासम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्ननिर्देशन दिएको हो । समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको पनि ठहरगरेको छ 

त्यस्तै बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र अनुकूल हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएकोदेखिदा मिलेमतोको सम्भावना देखिएको पनि समितिको निष्कर्ष छ ।

समितिले पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाकोभित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरुपालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

नेचर सुपर मार्केटको चौथो शाखा खुल्दै

काठमाडौं । नेचर सुपर मार्केट प्रालिको चौथो शाखा खुल्ने भएको छ । काठमाडौंको मध्यबानेश्वरस्थित मिलनचोकमा यही फागुन १७ गतेबाट चौथो शाखा सञ्चालनमा आउने अध्यक्ष...

बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्। बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

एनआरएनए जापानको निर्वाचन समिति र छानविन समितिविच फेरी विवाद

टोकियो। एनआरएनए जापानमा निर्वाचनका लागि गठन गरिएको निर्वाचन समिति र निर्वाचनको निष्पक्षताबारे अध्ययन (छानविन) गर्न बनेको समिक्षा समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको...