मङ्लबार, बैशाख १, २०८३

मङ्लबार, बैशाख १, २०८३

१० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक


काठमाडौँ — नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचनासार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र २०८० ङ’ नाम दिइएको उक्त ऋणपत्रको बिक्रीका लागि माघ ११ गते बोलकबोल हुनेछ ।ऋणपत्रको परिपक्व अवधि २ वर्ष हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने सूचनामा उल्लेख छ ।

ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्नपाउनेछन् । यो ऋणपत्र धितो राखेर कर्जा लिन वा दिन पाइने सुविधा पनि हुन्छ ।

ऋणपत्र खरिद गर्न चाहनेले अनलाइन विडिङ सिस्टम मार्फत सहभागी हुन सक्नेछन् । यही माघ १२ गते निष्कासन हुने ऋणपत्रको साँवा२०८० माघ १२ गतपाइने छ । अर्धवार्षिक रुपमा ब्याज पाइने छ । उक्त ब्याजमा आयकर नलाग्ने पनि सूचनामा उल्लेख छ ।

खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमश: निष्काशितरकमको ८५ प्रतिशत अर्थात ५ अर्ब ५० करोड र १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलबालाहरुलाई छुट्याइएको रकमका लागि पुरा बोल प्राप्त नभएमा बाँकी हुन आउने प्रतिस्पर्धी बोलबालाहरुलाई बिक्रीगरिने सूचनमा उल्लेख छ । अप्रतिस्पर्धी बोलबालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमाबोलबालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्र बाँडफाँट गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १३९

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल र डिजेल/मटितेलको लिटरमा ३ रुपैयाँ बढेको छ । नयाँ मूल्य अनुसार अब...

सुनको भाउमा बृद्धि

काठमाडौं । कात्तिक महिनाको पहिलो दिन अर्थात् मंगलबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको...

चितवनमा एक लाखभन्दा बढी कुखुरामा बर्डफ्लु पुष्टि

चितवन । पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । ठूलो सङ्ख्यामा कुखुरा...

जापान सरकारले नेपाललाई १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने

 काठमाडौं । नेपालको आर्थिक स्थायित्व र सरकारले थालेका विकास निर्माणका परियोजना कार्यान्वयन तथा कोभिड-१९ पछिको आर्थिक पुन:उत्थानमा सघाउन जापान सरकारले नेपाललाई १० अर्ब ४७...