मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

शेयर बजारमा गिरावट

काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा ठूलो गिरावट आएको छ । साताको दोस्रो दिन नेप्से सोमबार १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा झरेको छ ।
सरकारले कोरोना नियन्त्रणका लागि अपनाएका गतिविधिबाट शेयर बजार बढ्ने अनुमानका बीच यो साता दुई दिन नै बजार ओरालो लागेको हो । सोमबार कारोबार रकम समेत ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार भएको छ ।

यसबाट लगानीकर्ताले अघिल्लो साता बढेको बजारबाट नाफा बुक गरि बाहिरिएको अनुमान गर्न सकिन्छ । सोमबार कुल २२८ कम्पनीको १ लाख १३ हजार २ सय ५ वटा कारोबार भयो । यो कारोबारबाट १ करोड ७० लाख ६३ हजार ८ सय ३३ कित्ता शेयर किनबेच भएको छ ।

सोमबार सबै परिसूचक राताम्य रहृयो । यसमा पनि सबैभन्दा बढी वित्त, विकास बैंक र जलविद्युत उपसमुहका लगानीकर्ताले बढी गुमाए । उच्च अंकले घटेको बजारमा पनि वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल जलविद्युत कम्पनीको शेयर मूल्य भने १० प्रतिशतले बढ्यो ।

ज्योती लाइफ इन्स्यूरोन्स र गुर्खाज फाइनान्सको समेत मूल्य बढेको छ । सबैभन्दा बढी गुमाउने कम्पनीमा कणर्ाली डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो, आशा लघुवित्त वित्तीय संस्था, ओरियन्टल होटेललगायत रहे ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

कोभिड यता ३ लाख पर्यटक नेपाल भित्रिए

कोभिडयता कै सबैभन्दा बढी करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटक हवाइमार्गबाट आएको नेपाल पर्यटन बोर्डको...

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, ६ बैशाख । सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । अधिकारीले  सरकारको गरेको...

सगरमाथा चढ्न यो सिजन ५८ देशका ३१६ आरोहीले लिए अनुमति

काठमाडौं । सगरमाथा चढ्न यो सिजनमा ५८ वटा देशबाट ३१६ जना आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस पटक पनि अमेरिका र...

विदेशबाट ल्याइएका आईफोनमा कर लाग्ने

काठमाडौँ — विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा  १० हजार रुपैयाँ कर लाग्ने भएको छ । अन्यस्मार्टफोनमा तीन हजार र स्मार्टफोन...