बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

अवैध कारोबारमा संलग्न युवा माथि मुद्दा दायर

काठमाडौँ : राजस्व अनुसन्धान विभागले ३७ करोड ६४ लाख बिगो दाबीसहित काठमाडौं जिल्ला अदालतमा एक व्यक्तिविरुद्ध मुद्धादायर गरेको छ। विद्यार्थी राजनीतिमा संलग्न कैलालीको लम्कीचुवा स्थायी घर भई कालोपुल बस्ने दिनेश खड्काविरुद्ध विभागलेमंगलबार अदालतमा मुद्धा दायर गरेको हो।

खड्काले ग्लोबल आइएमई बैंकबाट ९ करोड ७९ लाख रुपैयाँ कारोबार गरेको अनुसन्धानका क्रममा भेटिएको छ। खड्काले आफ्नीदिदी भगवती खड्काको एनआइसी एसिया बैंकमा रहेको खाताबाट २० करोड ४२ लाख र उनकी साथी अनिता धितालको लक्ष्मी बैंकबाट५ करोड ७७ लाख कारोबार गरेको अनुसन्धानका क्रममा भेटिएको विभागले जनाएको छ। बुवा नरबहादुर खड्काको ग्लोबल आइएमईबैंकबाट १ करोड ६४ लाख रुपैयाँपनि कारोबार भएको भेटिएको छ।
राष्ट्र बैंकको वित्तीय जानकारी एकाइसँगै विभागले इन्टिलिजेन्समार्फत खड्कालाई पक्राउगरी अनुसन्धान गरेको थियो। 

विभागले उनीहरुको बयान, बैंकका स्टेटमेन्ट, बरामद गरेको मोबाइलमा प्राप्त मिसिलसंलग्न डाटालगायत कल डिटेल बिवरणकाआधारमा सामूहिकरुपमा मिलिमतो गरी मोबाइल एप्स इस्क्रिल बिनान्स प्रयोगगरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कसुर गरेकोअनुसन्धानमा फेला परेको विभागले जनाएको छ। 

डलरको अनलाइनमार्फत अवैधरुपमा कारोबार गरेको कसुरजन्य कार्यमा संलग्न भई उक्त एपमार्फत रकम लोड तथा अनलोड गरीअमेरिकी डलर सटही गरेको अनुसन्धानमा खुलेको छ। खड्काबाट विगो जफतगरी तीन वर्षसम्म कैद सजाय माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एप्पल विश्वको सबैभन्दा मूल्यवान ब्राण्ड

एप्पल सन् २०२२ मा विश्वको सबैभन्दा बढी मूल्यवान ब्राण्ड हुन सफल भएको छ । ब्राण्ड डाइरेक्टरीको रिपोर्ट अनुसार विश्वभरका ५०० कम्पनी मध्ये सन् २०२२...

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...

जीवन चलाउनेको मस्टा ग्रुपले गर्यो २ अर्ब बढीको कारोबार

काठमाडौं – खाद्यान्न आयात र ट्रेडिङमा सक्रिय मस्टा ग्रुप प्रालिको कारोबारमा उछाल देखिएको छ। कम्पनीले चामल, गेडागुडी, मकै, गहुँ तथा अन्य खाद्यान्नको व्यापार गर्छ।...

नेचर सुपर मार्केटको चौथो शाखा खुल्दै

काठमाडौं । नेचर सुपर मार्केट प्रालिको चौथो शाखा खुल्ने भएको छ । काठमाडौंको मध्यबानेश्वरस्थित मिलनचोकमा यही फागुन १७ गतेबाट चौथो शाखा सञ्चालनमा आउने अध्यक्ष...