शुक्रबार, साउन २९, २०८३

शुक्रबार, साउन २९, २०८३

अवैध कारोबारमा संलग्न युवा माथि मुद्दा दायर

काठमाडौँ : राजस्व अनुसन्धान विभागले ३७ करोड ६४ लाख बिगो दाबीसहित काठमाडौं जिल्ला अदालतमा एक व्यक्तिविरुद्ध मुद्धादायर गरेको छ। विद्यार्थी राजनीतिमा संलग्न कैलालीको लम्कीचुवा स्थायी घर भई कालोपुल बस्ने दिनेश खड्काविरुद्ध विभागलेमंगलबार अदालतमा मुद्धा दायर गरेको हो।

खड्काले ग्लोबल आइएमई बैंकबाट करोड ७९ लाख रुपैयाँ कारोबार गरेको अनुसन्धानका क्रममा भेटिएको छ। खड्काले आफ्नीदिदी भगवती खड्काको एनआइसी एसिया बैंकमा रहेको खाताबाट २० करोड ४२ लाख उनकी साथी अनिता धितालको लक्ष्मी बैंकबाट करोड ७७ लाख कारोबार गरेको अनुसन्धानका क्रममा भेटिएको विभागले जनाएको छ। बुवा नरबहादुर खड्काको ग्लोबल आइएमईबैंकबाट करोड ६४ लाख रुपैयाँपनि कारोबार भएको भेटिएको छ।
राष्ट्र बैंकको वित्तीय जानकारी एकाइसँगै विभागले इन्टिलिजेन्समार्फत खड्कालाई पक्राउगरी अनुसन्धान गरेको थियो। 

विभागले उनीहरुको बयान, बैंकका स्टेटमेन्ट, बरामद गरेको मोबाइलमा प्राप्त मिसिलसंलग्न डाटालगायत कल डिटेल बिवरणकाआधारमा सामूहिकरुपमा मिलिमतो गरी मोबाइल एप्स इस्क्रिल बिनान्स प्रयोगगरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कसुर गरेकोअनुसन्धानमा फेला परेको विभागले जनाएको छ। 

डलरको अनलाइनमार्फत अवैधरुपमा कारोबार गरेको कसुरजन्य कार्यमा संलग्न भई उक्त एपमार्फत रकम लोड तथा अनलोड गरीअमेरिकी डलर सटही गरेको अनुसन्धानमा खुलेको छ। खड्काबाट विगो जफतगरी तीन वर्षसम्म कैद सजाय माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

कोभिड यता ३ लाख पर्यटक नेपाल भित्रिए

कोभिडयता कै सबैभन्दा बढी करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटक हवाइमार्गबाट आएको नेपाल पर्यटन बोर्डको...

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १३९

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल र डिजेल/मटितेलको लिटरमा ३ रुपैयाँ बढेको छ । नयाँ मूल्य अनुसार अब...

कतारस्थित नेपाल बिजनेस एसोसिएसनले नेपालमा लगानी गर्न चाइनिज बिजनेस काउन्सिल र बैंक अफ चाइनालाईआग्रह

काठमाडौँ — कतारस्थित नेपाल बिजनेस एसोसिएसनले नेपालमा लगानी गर्न चाइनिज बिजनेस काउन्सिल र बैंक अफ चाइनालाईआग्रह गरेको छ । एसोसिएसनका अध्यक्ष महेन्द्र चौलागाईंको टोलीले...

विदेशबाट ल्याइएका आईफोनमा कर लाग्ने

काठमाडौँ — विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा  १० हजार रुपैयाँ कर लाग्ने भएको छ । अन्यस्मार्टफोनमा तीन हजार र स्मार्टफोन...