बुधबार, साउन २७, २०८३

बुधबार, साउन २७, २०८३

लिङदेनले गरे पदाधिकारी मनोनयन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन गरेका छन्। उनले उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई मनोनित गरेका छन् भने राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई महामन्त्री बनाएका छन्।

त्यस्तै उनले प्रवक्तामा भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाललाई जिम्मेवारी दिएका छन् भने सहायक प्रवक्तामा प्रविनकुमार थोकर तामाङ, दिनेशकुमार साह, पूर्णबहादुर चन्दलाई जिम्मेवारी दिएका छन्।

अध्यक्ष लिङ्देनले सहमहामन्त्रीमा मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङलाई मनोनीत गरेका छन् भने सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दीपककुमार राईलाई मनोनीत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...