बुधबार, साउन २७, २०८३

बुधबार, साउन २७, २०८३

बलात्कार आरोपमा सांसद बानियाँविरुद्ध ‘वारेन्ट’ जारी

दाङ । बलात्कारको आरोप लागेका मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी (वारेन्ट)जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मधुसुदन न्यौपानेका अनुसार अदालतले मंगलबार बानियाँविरुद्ध पक्राउ पुर्जी दिएको हो । जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । बानियाँले आफूलाई बाँकेको अप्सरा होटल लगी जबरजस्ती करणी गरेको महिलाको जाहेरीमा उल्लेख छ ।

जाहेरी लगत्तै अनुसन्धान थालेको प्रहरीले बानियाँविरुद्ध पक्राउ पुर्जी लिएको हो पक्राउ पुर्जी लिएलगत्तै अब बानियाँको खोजी सुरु गरेको बाँके प्रहरीले बताएको छ । सूचना अधिकारीसमेत रहेका डिएसपी न्यौपानेका अनुसार प्रहरीमा जाहेरी परेलगत्तै सांसद बानियाँले सम्पर्क गरी आफ्नो कुनै गल्ती नभएको र अनुसन्धानलाई सघाउने बताएका थिए । यद्यपि उनी प्रहरी कार्यालयमा भने नआएको प्रहरीको भनाइ छ ।

पक्राउ पूर्जी जारी भइसकेपछि भने बानियाँसँग सम्पर्क भएको छैन । बानियाँ रहेको स्थानको प्रहरीसँग समन्वय गरी बानियाँलाई बाँके ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बानियाँलाई अनुसन्धानको दायरामा ल्याएपछि बाँकी प्रक्रिया अगाडि बढ्ने पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...