बिहिबार, बैशाख १८, २०८२

बिहिबार, बैशाख १८, २०८२

महेश्वर पन्तद्वारा लिखित “बौलाको डायरी” सार्वजनिक

काठमाडौ । कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको संयुक्त आयोजनामा महेश्वर पन्तद्वारा लिखित “बौलाको डायरी” काव्य कृति काठमाडौंमा सार्वजनिक गरियो ।

आख्यान पुरुष साहित्यकार डा. ध्रुबचन्द्र गौतमको प्रमुख आतिथ्यमा लोकार्पित कृतिमाथि समालोचक राजकुमार बानियाँले “काव्यकृति नेपाली जनजीवन तथा मुलुकले भोगेको जनयुद्धका घटना- परिघटना,पात्र, द्वन्दले पारेको असर,समाजिक मनोबिज्ञान लगायत राजनीतिक स्वार्थसिद्धिका नाममा जनताले भोग्नु परेको विद्यमान अबस्थालाई चित्रण गरेर पात्रहरूको सजिवता प्रदर्शन गर्न कृतिकार सफल हुनु भएको छ” भन्दै कृति अौपन्यासिक धरातलको “कोसेढुङ्गा”हुने धारणा राखेका थिए।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निबर्तमान अध्यक्ष राधेश्याम लेकालीले महेश्वर पन्तको लेखनकला विशिष्ट भएको र आञ्चलिक मौलिकता प्रचुर रहेको पुस्तकले द्वन्द्वकालिन समयको प्रतिनिधित्व गर्न सफल रहेको विचार व्यक्त गरे। शुभकामना मन्तव्यकै क्रममा गायक तथा सर्जक नरहरि प्रेमी,लाइब्रेरी फाउन्डेसनका अध्यक्ष चक्र बहादुर थापा,अनेसास न्यूह्यामसाका अध्यक्ष हरिमाया अधिकारी लगायतका स्रष्टाहरूले शुभकामना व्यक्त गरेका थिए।

प्रमुख अतिथि समेत रहेका साहित्यकार ध्रुवचन्द्र गौतमले कृति कारुणिक,समय सापेक्ष,पात्र चयनको चातुर्यता,मौलिक लेखन शिल्पीको रसपान,आञ्चलिक तथा जनबोलीको प्रयोगले लेखकको कलम उर्वर रहेको धारणा राखेका थिए।

बौलाको डायरीका लेखक महेश्वर पन्तले कृति रचनाको रचनागर्व,पात्र चयन,परिवेश तथा घटनाले लेख्न घचघच्याएका प्रसंग उल्लेख गरे। कार्यक्रम कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पार्थीवेश्वर प्रसाद तिमिल्सिनाको सभापतित्वमा सम्मन्न भएको थियोे । डा. तिमिल्सिनाले प्रस्तुत पुस्तक खोज तथा अनुसन्धानका बिद्यार्थी तथा आम पाठकका लागि कृति पठनीय रहेको धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

शिक्षामन्त्रीको उपस्थितिमा शान्ति शिक्षा मन्दिरको अत्याधुनिक भवन हस्तान्तरण

काठमाडौं । काठमाडौंको मुटु ठहिटीस्थित शान्ति शिक्षा मन्दिर माविको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कम्पनीले भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण...

बुद्धका शिक्षाबाट माओवादी प्रभावित:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बुद्धका शिक्षाबाट आफूहरू प्रभावित भएको बताएका छन्।  लुम्‍बिनीमा आयोजित  २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० का अवसरमा सम्बोधन...

साउदीमा सन्तबहादुरलाई मृत्यूदण्ड

काठमाडौँ — ‘थाहा छैन जिन्दगीमा कुन दिन अन्तिम हुन्छ । रात अन्तिम हुन्छ । मेरो–मेरो भन्दाभन्दै भेटघाट अन्तिम हुन्छ ।’ गीतकार महेश आचार्यका यी शब्दजस्तै पर्वतका सन्तबहादुर पुनलाई थाहा थिएन,...