शुक्रबार, साउन २९, २०८३

शुक्रबार, साउन २९, २०८३

१८ बैंकको सीडी रेसियो सीमाभन्दा माथि, ९० प्रतिशतमै कायम गर्न राष्ट्र बैंकको ताकेता

काठमाडौँ । सीडी रेसियो अर्थात कर्जा र निक्षेपको अनुपात ९० प्रतिशत भन्दा तल नै कायम राख्न नेपाल राष्ट्र बैंकले ताकेता गरिरहेको छ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिले ९० प्रतिशत भन्दा कम कायम गर्नुपर्ने नेपाल राष्ट्र बैंकले नीति लिए पनि समिक्षा मार्फत असार मसान्तसम्म ९० प्रतिशत कायम गर्नुपर्ने बताएको थियो। तर पुनः अनौपचारिक रुपमा राष्ट्र बैंकले बैंकहरुलाई ९० प्रतिशतमै ल्याउन दबाब दिन थालेको हो।

एक बैंकका प्रमुख कार्यकारी अधिकृत भन्छन्, ‘हामी केही माथि गएका छौं। अहिलेको तरलता संकट र राष्ट्र बैंकले समीक्षा मार्फत गरिदिएको व्यवस्था अनुसार नै गएको हो। तर उनीहरुले अहिले पुनः दबाव दिन थालेका छन्।’

बैंकलाई नै सम्पर्क गरेर राष्ट्र बैंकले सीमा कायम नहुँदासम्म कर्जा नै प्रवाह नगर्न राष्ट्र बैंकले दवाब दिइरहेको उनले जानकारी दिए।

फागुन समान्तसम्मको तथ्याङ्क अनुसार १८ बैंकहरुलाई सीडी रेसियो तोकिएको सीमाभन्दा माथि छ। उनीहरुलाई घटाउन राष्ट्र बैंकले दबाब दिइरहेको हो।

कुन बैंकको कति छ?

प्राइम बैंकले जति निक्षेप संकलन गरेको छ, सोही रुपमा कर्जा वितरण गरेको देखिको छ। अर्थात् बैंकको सीडी रेसियो सत प्रतिशत हाराहारीमा देखिएको छ।

कुमारी बैंकको सीडी रेसियो ९५ प्रतिशत, सिभिल बैंकको ९५ प्रतिशत र नेपाल एसबीआई बैंकको ९४ दशमलव ३४ प्रतिशत, मेगा बैंकको ९४ प्रतिशत, बैंक अफ काठमाण्डूको ९४ प्रतिशत, एनसीसी बैंकको ९३ दशमलव ७४ प्रतिशत, नेपाल बंगलादेश बैंकको ९३ दशमलव ३७ प्रतिशत, सेञ्चुरीको ९२ दशमलव ८३ प्रतिशत, इनभेष्टमेण्टको ९२ दशमलव ५६ प्रतिशत, कृषि विकास बैंकको ९२ दशमलव ३५ प्रतिशत र नबिल बैंकको ९२ दशमलव १० प्रतिशत सीडी रेसीयो कायम भएको छ।

त्यस्तै, सिटिजन्स बैंकको ९१ दशमलव ९४ प्रतिशत, सनराइजको ९१ दशमलव ९४ प्रतिशत, हिमालयनको ९१ दशमलव ३६ प्रतिशत, एभरेष्टको ९१ दशमलव २२ प्रतिशत, ग्लोबल आईएमईको ९१ दशमलव ०४ प्रतिशत र सिद्धार्थ बैंकको ९० दशमलव ३१ प्रतिशत कायम रहेको राष्ट्र बैंकले नै उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ।

नेपाल बैंकर्स संघका अनुसार चैत तेस्रो साता सम्ममा २७ वटा वाणिज्य बैंकको निक्षेप संकलन ४३ खर्ब ३१ अर्ब रुपैयाँ कायम भएको छ। चैत तेस्रो सातामा कुल ४१ खर्ब ७५ अर्ब रुपैयाँ कायम भएको संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

कोभिड यता ३ लाख पर्यटक नेपाल भित्रिए

कोभिडयता कै सबैभन्दा बढी करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटक हवाइमार्गबाट आएको नेपाल पर्यटन बोर्डको...

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १३९

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल र डिजेल/मटितेलको लिटरमा ३ रुपैयाँ बढेको छ । नयाँ मूल्य अनुसार अब...

विदेशबाट ल्याइएका आईफोनमा कर लाग्ने

काठमाडौँ — विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा  १० हजार रुपैयाँ कर लाग्ने भएको छ । अन्यस्मार्टफोनमा तीन हजार र स्मार्टफोन...

कतारस्थित नेपाल बिजनेस एसोसिएसनले नेपालमा लगानी गर्न चाइनिज बिजनेस काउन्सिल र बैंक अफ चाइनालाईआग्रह

काठमाडौँ — कतारस्थित नेपाल बिजनेस एसोसिएसनले नेपालमा लगानी गर्न चाइनिज बिजनेस काउन्सिल र बैंक अफ चाइनालाईआग्रह गरेको छ । एसोसिएसनका अध्यक्ष महेन्द्र चौलागाईंको टोलीले...