बिहिबार, साउन २८, २०८३

बिहिबार, साउन २८, २०८३

मकवानपुरबाट सात हजार परीक्षार्थीले एसईई दिने

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षा शुक्रबारबाट सुरु हुँदै छ ।

कोभिड महामारीका कारण गत दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको एसईई परीक्षा यसवर्ष परीक्षा केन्द्र तोकेर सञ्चालन गर्न लागेको हो ।

मकवानपुरबाट एसईईमा १ सय ३६ विद्यालयका ७ हजार १ सय ३८ जना परीक्षार्थी सहभागी हुनेछन् । परीक्षालाई सभ्य र सहज वातावरणमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मकवानपुरमा २४ वटा केन्द्रहरू तोकिएको छ । मकवानपुरका १० वटा पालिकामध्ये ८ वटा पालिकामा परीक्षा केन्द्र तोकिएको छ । बागमती गाउँपालिकामा तोकिएको परीक्षा केन्द्र जनता माविमा १ सय ८८ जना परीक्षार्थी परीक्षामा सामेल हुनेछन् ।

बकैयाको बुद्ध माविमा ३ सय ८० र महेन्द्र माविमा २ सय ३२ जना परीक्षार्थीले परीक्षा दिनेछन् । हेटौंडाको हटियामा रहेको जनप्रिय माविमा २ सय ९९, भीमफेदीमा रहेका महेन्द्र माविमा १ सय ८१, थाहानगरको पालुङमा रहेको जनकल्याण माविमा २ सय ८२, पालुङकै मच्छेनारायण माविमा १ सय ८८ जनाले परीक्षा दिँदैछन् ।

यसैगरी मार्खुमा रहेको सरस्वती बालबोधिनी माविमा १ सय ४३ जना, मनहरीको राष्ट्रिय रोटरी माविमा ४ सय ४८ जना, मनहरीकै महेन्द्र किरण माविमा ३ सय ९१ जनाले परीक्षा दिनेछन् । हेटौंडाको बसामाडीमा रहेको महेन्द्र किरण माविमा २ सय ९२ जना, बस्तीपुरमा रहेको निर्मल माविमा ३ सय ४५ जना, चौघडामा रहेको वंशगोपाल माविमा ३ सय ८ जनाले परीक्षा दिनेछन् ।

हेटौंडाको आधुनिक राष्ट्रिय माविमा ३ सय ९८ जना, हेटौंडाकै बालज्योति माविमा ३ सय ११ जना, ज्ञानदा माविमा १ सय ९८ जना, भुटनदेवी माविमा ३ सय ५६ जना, सिद्धार्थ माविमा ३ सय ६६ जना, जीएस निकेतनमा ३ सय ५१ जना, सोलड्यारिटी बोर्डिङ स्कुलमा ४ सय २५ जना, प्रगति माविमा ३ सय ५३ जनाले परीक्षा दिनेछन् ।

थाहा नगरको वज्रवाराही माविमा २ सय ५६ जना, हेटौँडाको अमर माविमा २ सय ६५ जना र मकवानपुरगढीको भानु माविमा १ सय ८२ जना विद्यार्थी परीक्षामा सहभागी हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

कोभिड यता ३ लाख पर्यटक नेपाल भित्रिए

कोभिडयता कै सबैभन्दा बढी करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटक हवाइमार्गबाट आएको नेपाल पर्यटन बोर्डको...