बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

दिल्लीलाई १५ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा

आईपीएल २०२२ मा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको छ । योसँगै राजस्थानको टोली अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।​

रोभम्यान पावेलले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै खेलको अवस्था परिवर्तन गर्ने प्रयास गरे पनि दिल्लीलाई हारबाट जोगाउन सकेनन् । पावेलले १५ बलमा ३६ रन बनाए ।

पहिले ब्याटिङ गरेको राजस्थानले जोस बटलरको उत्कृष्ट शतक र देवदत्त पदकलको अर्धशतकको मद्दतले दिल्लीलाई २२३ रनको लक्ष्य दिएको थियो। जवाफमा दिल्लीको टोलीले २० ओभरमा आठ विकेट गुमाएर २०७ रन बनाउन सक्यो र खेल १५ रनले पराजित भयो। दिल्लीका लागि कप्तान ऋषभ पन्तले ४४ रन बनाए ।

पृथ्वी शा र ललित यादवले ३७ रनको योगदान दिए । डेभिड वार्नरले २८ रन बनाए । राजस्थानका लागि प्रसिद्ध कृष्णले ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

राखेपको कार्यकारी अधिकार थापालाई

  काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कुलबहादुर थापालाई राखेपका सदस्य–सचिवको अनुपस्थितिमा सदस्य–सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक...

मोरक्कोलाई साकिराको बधाई

दोहा/विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन्। शनिबार राति भएकोक्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ। जारी...

खेलाडीको पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरी हाबी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी शनिबार खेलाडीसँगको पत्रकार सम्मेलनमा बढी नै सक्रिए देखिए। पत्रकार सम्मेलनअघि खेलाडीसँग एन्फा निर्वाचन, एनएसएल र...

क्यानले घोषणा गर्‍यो नेपाल टी-२० लिग

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-२० लिगको घोषणा गरेको छ। नेपालको आधिकारीक क्रिकेट लिग भनिएको लिगलाई राष्ट्रिय खेलकुद परिषद्‌ले मान्यता दिएको छ। क्यानका अनुसार...