शुक्रबार, साउन १, २०८३

शुक्रबार, साउन १, २०८३

दिल्लीलाई १५ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा

आईपीएल २०२२ मा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको छ । योसँगै राजस्थानको टोली अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।​

रोभम्यान पावेलले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै खेलको अवस्था परिवर्तन गर्ने प्रयास गरे पनि दिल्लीलाई हारबाट जोगाउन सकेनन् । पावेलले १५ बलमा ३६ रन बनाए ।

पहिले ब्याटिङ गरेको राजस्थानले जोस बटलरको उत्कृष्ट शतक र देवदत्त पदकलको अर्धशतकको मद्दतले दिल्लीलाई २२३ रनको लक्ष्य दिएको थियो। जवाफमा दिल्लीको टोलीले २० ओभरमा आठ विकेट गुमाएर २०७ रन बनाउन सक्यो र खेल १५ रनले पराजित भयो। दिल्लीका लागि कप्तान ऋषभ पन्तले ४४ रन बनाए ।

पृथ्वी शा र ललित यादवले ३७ रनको योगदान दिए । डेभिड वार्नरले २८ रन बनाए । राजस्थानका लागि प्रसिद्ध कृष्णले ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

मोरक्कोलाई साकिराको बधाई

दोहा/विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन्। शनिबार राति भएकोक्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ। जारी...

राखेपको कार्यकारी अधिकार थापालाई

  काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कुलबहादुर थापालाई राखेपका सदस्य–सचिवको अनुपस्थितिमा सदस्य–सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक...

पिएसजीको जितमा एम्बाप्पेको ह्याट्रिक

काठमाडौँ । युवा फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा सहज जित निकालेको छ । चौथो स्थानको वेन्समाथि ४-० को जित निकाल्दै...

क्रिस्टियानो रोनाल्डोका जुम्ल्याहामध्ये एक शिशुको निधन

काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका नवजात एक शिशुको मृत्यु भएको छ। म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड रोनाल्डोका नवजात जुम्ल्याहा शिशुमध्ये एकको मृत्यु भएको हो। रोनाल्डोले...